सुर्य बहादुर धमाथु
सञ्चालक
धमाथु काष्ठ कला
काठमाडौंको तारकेश्वर स्थित जरंखुको कौसल स्कुल नजिकै बाहिरबाट हेर्दा सामान्य लाग्ने एउटा फर्निचर तथा काष्ठ उद्योग सञ्चालनमा छ । धमाथु काष्ठ कलाको वोर्ड टाँसिएको उक्त कलात्मक उद्योगमा प्रवेश गर्ने हो भने त्यहाँ कुँदिएका कलात्मक काष्ठ आकृतिहरुले जोकोहीको मन लोभ्याइहाल्छ ।

काष्ठकला उद्यमी सुर्य बहादुर श्रेष्ठले सञ्चालन गरेको उक्त काष्ठकला उद्योग काठमाडौंको पहिलो र एकमात्र काष्ठकला उद्योग हो । जहाँ परिश्रमी हातहरु निरन्तर रुपमा काममा व्यस्त नै देखिन्छन् । अन्य उद्योगहरुले बजारबाट अर्डर आएबमोजिम मात्र सामानहरु उत्पादन गर्ने प्रचलन रहेकोमा यस उद्योगले भने निरन्तर रुपमा काष्ठ कलात्मक पौराणिक, लिच्छवीकालिन, मल्लकालिन लगायतका मुर्तिहरु कुँद्नमा आफूलाई कहिल्यै महसुस गर्दैन ।
श्रममा आधारित क्षेत्र भएपनि आफ्नो काम प्रतिको लगनशिलता र जागरुकताको कारण यस उद्योगले वरपरका छिमेकी र नयाँ मान्छे जो कोहीलाई चकित पार्ने गरेको छ । उसो त धमाथु काष्ठकलाका सञ्चालक सुर्य बहादुर श्रेष्ठ कलात्मक काष्ठ कला बारे राम्रो सीप र अनुभव भएका व्यक्तिको रुपमा चिनिन्छन् ।
शुरुका दिनमा निकै सङ्घर्षको साथ सिकेको कामलाई उनले निरन्तर रुपमा अघि बढाइ नै रहेका छन् । यसैकारण उनको उद्योगमा सामानहरुको माग निकै नै बढी भएपनि आवश्यकता बमोजिम सामान उत्पादन गर्न समेत मुस्किल–मुस्किल परेको छ ।
बजार :
हाल धमाथु काष्ठ कलााले उत्पादन गरेका सामानहरु नेपालमा नै खपत हुने गरेको छ । बजार राम्रो रहेको कलात्मक काष्ठ कलाको क्षेत्रमा काम गर्न पाउँदा आफू भित्रै देखि नै खुसी रहेको समेत उनले बताए । साथै बजार प्रयाप्त रहेको उल्लेख गर्दै उनले अहिले पनि नेपालमा कलात्मक काष्ठ सम्बन्धी काम काठमाडौंमा निकै कम मात्र हुने गरेको र सामान उत्पादन गर्न सके बजारको लागि चिन्ता लिनुपर्ने अवस्था नरहेको समेत बताए ।

शुरुवातका दिनहरु :
शुरुका दिनमा सुन्धाराको टेःवहाल टोलका रामगोपालको सहयोगमा उनले बुट्टे झ्याल बनाउने काम सिकेका हुन् । साथै उनको कारखानामा बसेर काम गर्दा अन्य काष्ठ कला सम्बन्धी पनि सिक्ने मौका पाए । तुलनात्मक रुपमा छिटो काम सिकेका उनले काम सिक्ने क्रममा निकै कम रकममा काम गरेका थिए । वि.सं २०५१ मा काम सिक्ने समयमा आफूलाई मासिक ६ सय रुपियाँ तलब प्राप्त हुने गरेको उनी सम्झन्छन् ।
पारिवारिक परिस्थिति र सीपको महत्व बुझेरै कलात्मक क्षेत्रमा :
धमाथुको पारिवारिक आर्थिक अवस्था कमजोर थियो । त्यसमा पनि दैवले उनको परिवारमा नसोचेको सङ्कट ल्याइदियो । परिवारमा बुबा, काका र काकीले केही महिनाको अन्तर पारेर लगातार यस धर्तीबाट बिदा लिनुभयो । परिवारमा निकै ठूलो बज्रपात पर्यो । यस्तो अवस्थामा परिवारका सम्पूर्ण व्यक्तिको हेरचाह र लालनपोषणको जिम्मेवारी आफ्नै काँधमा नै आएको र त्यसको निम्ति आर्र्थिक व्यवस्थापन गर्नको निम्ति कुनै जागिर वा अरुको काम गरेर सम्भव हुने उनले देखेनन् । यसैकारण आफुले सीप सिक्नुपर्ने निष्कर्षमा पुगेर उनी काष्ठकलामा जोडिन पुगे ।
धमाथु भन्छन्, ‘म सानो छँदा नै मेरो बुबा बित्नुभयो । करिब ६ महिनामा काका बित्नुभयो । फेरी काकी पनि चाँडै नै बित्नुभयो । जसले गर्दा घरमा भएका ९–१० जना बालबच्चाहरुको

बिचल्ली हुन पुग्यो । यस्तो अवस्थामा मैले दैनिक रुपमा अरुको काम गरेर मात्र मेरो
परिवारको खर्च धान्न सकिने अवस्था थिएन । यसै कारण नयाँ व्यवसायमा लाग्नुपर्ने थियो नै । यसरी बाध्यतावश नयाँ व्यवसाय गर्ने कार्य निकै चुनौतीपूर्ण समेत थियो । केही सीप हुनुपर्ने आवश्यकता पनि रहन्थ्यो । त्यसै क्रममा म यस काष्ठ कला क्षेत्रमा जोडिन पुगेको हुँ । तर अहिले सम्म आइपुग्दा यस क्षेत्रमा राम्रै किसिमले पैसा, पहुँच र प्रतिष्ठा कमाएर स्थापित भइसकेको भएपनि मेरो विगतलाई सम्झेर परिश्रमी हातहरुलाई विश्राम लिन लिएको छैन ।’
शुरुका दिनमा उनको तलब निकै कम थियो । यसो त यसरी कम तलबमा नै भएपनि काम गर्नुको उद्धेश्य भनेकै आफूले कुनै सीप सिक्ने र त्यो सीपको माध्यमबाट आफ्नो जीवनलाई राम्रो तवरले सञ्चालन गर्नुपर्छ भन्ने नै थियो ।
इमान्दारको पहिचान बनाए, मासिक आय तीन गुणा बढ्यो स्
यसरी काम गर्ने क्रममा केही महिनाको अन्तरालमा नै सम्बन्धित कम्पनीको व्यवस्थापन पक्षले समेत विश्वास ग¥यो । जसले गर्दा आफूले नियमित रुपमा कारखानामा रहेर काम गर्नुको अलावा घरमा नै सामान लिएर समेत सामान निर्माण गर्न सक्ने वातावरण निर्माण भयो । यसरी

काम गर्दा हरेक बिहान २० रुपियाँ र बेलुका समेत २० रुपियाँ कमाउन सक्ने आधार तयार भयो । जुन राम्रो आर्थिक उपार्जनको माध्यम समेत बन्यो । दिउँसोको कमाई दैनिक २० रुपियाँ हुन्थ्यो । यसरी काम गर्दा ६ सय तलब हुने ठाउँबाट १८ सय कमाई हुने वातावरण बन्यो ।
पछि उनी सातदोबाटो स्थित अर्को कम्पनीमा काम गर्न थाले । करिब ६÷७ महिना काम गर्ने क्रममा उनले मुर्तिकला सिक्ने सोच बनाए । उक्त उद्योगमा काम गर्ने तर बोल्न भने नसक्ने केशव सिल्पाकार नाम गरेका एक व्यक्तिले मुर्तिकलाको क्षेत्र
मा निकै राम्रो तवरले काम गरेको देखेपश्चात् मूर्तिकला सिक्नमा आफूलाई निकै उत्पे्ररणा जाग्ने गरेको धमाथु बताउँछन् । तर सोही कम्पनीका श्याम शिल्पकारलाई काष्ठ मुर्ति निर्माण बारे आफूलाई सिक्ने इच्छा रहेको कारण सिकाउनको निम्ति आग्रह गर्दा उनले उक्त कम्पनीमा काम सिक्न नमिल्ने तर सिप भए काम गर्न पाइने बताए ।
साथै मुर्तिकला बाहिरै सिकेर आउन आग्रह गरे । त्योे कुरा सुनेपश्चात् सुर्य श्रेष्ठ सामाखुसीको एउटा कम्पनीमा आएर काम गर्न थाले । तर त्यहाँ करिब १ बर्ष रहेर काम गर्ने क्रममा त्यहाँ पनि अपेक्षाकृत रुपमा काम सिक्ने वातावरण भने मिलेन ।

उक्त कम्पनीमा आवद्ध मुर्तिकार राजभाई बज्राचार्यलाई मुर्तिकला सिक्ने रहर आफूलाई समेत भएको बताएसँगै उहाँले ढुंगाबाट मुर्तिकला सिक्नको निम्ति सका
रात्मक जवाफ प्राप्त भयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij