२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

काठमाडौँकाे रिङराेड भित्र अनिश्चितकालीन कर्फयु आदेश जारी

काठमाडौँकाे रिङराेड भित्र अनिश्चितकालीन कर्फयु आदेश जारी

  • मंगलबार, भाद्र २४ २०८२

काठमाडाैं  । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छविलाल रिजालका अनुसार आज बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्म यो कर्फ्यु लागू हुनेछ।

हिजो जेनजी युवाहरूको प्रदर्शनपछि लगाइएको कर्फ्यु आज बिहान ५ बजे सकिएको थियो। तर, स्थिति नियन्त्रणमा राख्न आज बिहान ८:३० बजेदेखि पुनः कर्फ्यु लगाइएको हो।

प्रजिअ रिजालले दिएको जानकारीअनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदीको पुलसम्मको चक्रपथ क्षेत्रभित्रको सम्पूर्ण भूभागमा कर्फ्यु लागू गरिएको छ।

कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधनको आवागमन, सभा, जुलुस वा कुनै पनि प्रकारका प्रदर्शनमा पूर्णरूपमा रोक लगाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij