२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

काठमाडाैंमा कोटेश्वर इन्टरसेक्सन सुधार परियोजनाका लागि जापानबाट ३० अर्ब रुपैयाँ ऋण सहयोग

काठमाडाैंमा कोटेश्वर इन्टरसेक्सन सुधार परियोजनाका लागि जापानबाट ३० अर्ब रुपैयाँ ऋण सहयोग

  • शनिबार, भाद्र ७ २०८२

काठमाडाैं – सरकारले कोटेश्वर क्षेत्रमा फ्लाइओभर र सुरुङमार्ग निर्माण गर्ने योजना अघि बढाउँदै जापान सरकारबाट करिब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग लिने निर्णय गरेको छ।

भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले जापान सरकारसँगको सहुलियत ऋण सम्झौतामा सहमति जनाएको र जापानी येन ४३ अर्ब ५५ करोड बराबर (करिब ३० अर्ब आठ करोड रुपैयाँ) सहयोग प्राप्त गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

सरकारको योजना अनुसार, कोटेश्वर–जडिबुटी सडक खण्डमा फ्लाइओभर र अन्डरपास दुवै निर्माण हुनेछन्। तीनकुनेतर्फ र भक्तपुरतर्फ फ्लाइओभर निर्माण गरिने छ भने विमानस्थल अगाडिको सडकमा अन्डरपास बनाइने छ। यस परियोजनाको लागि जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले दुई वर्षसम्म अध्ययन गरेको थियो।

अन्डरपास निर्माण भएपछि चक्रपथ हुँदै कोटेश्वर चोक भएर ललितपुर जाने सवारी र भक्तपुरबाट तीनकुनेतर्फ जाने सवारीमा अवरोध कम हुने विश्वास गरिएको छ। यसले जाम घटाउने मात्र नभई विमानस्थल नजिकको सडकमा सवारी चाप पनि कम गर्ने अपेक्षा छ।

सरकारले ऋण सम्झौता कार्यान्वयन गरेसँगै कोटेश्वर पूर्वाधार निर्माणमा काम तीव्र रूपमा अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij