२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

कसरी गर्ने व्यावसायिक माछा पालन ?

कसरी गर्ने व्यावसायिक माछा पालन ?

पर्वत भट्टराई, मत्स्य विज्ञ

कुनै पनि उपयुक्त जलाशयमा ब्यवस्थित तरिकाले माछा हुर्काएर उत्पादन गर्ने तरिकालाई माछा पालन भनिन्छ । अन्य खेती जस्तै माछा पालन पनि एक किसिमको खेती हो । नाफा मुलक उद्देश्यले माछासँगै अरु जलीय जीव पालन गर्नु पनि माछा पालन नै हो ।

जलस्रोतको धनी देश नेपालमा खोला, नदीनाला, पोखरी, घोल, ताल, धानखेत र सिमसारको उपयोग गरेर विभिन्न जातका माछाहरु पालन गर्न सकिन्छ । नेपालको तराई र मध्य पहाडी भागको न्यानो पानी भएको क्षेत्रमा कृत्रिम पोखरी निर्माण गरि वा पुरानै पोखरीमा उचित प्रविधि अपनाएर सात जातका कार्प माछा पालन गर्न सकन्छि ।

कुनै पनि प्राकृतिक तथा कृत्रिम जलाशयहरुमा माछाका भूरा राखेर आवश्यक प्रविधि, आहारा, उपचार, सुरक्षा एवं पानीको ब्यवस्था मिलाएर माछा पालन गर्ने काम ब्यवसायिक माछा पालन हो ।

माछा पालन रोजगारी, खाद्य सुरक्षा जिवीकोपार्जन, आय आर्जन र जलाशयहरुको उपयोगका लागि पनि आवश्यक हुन्छ । हामीले माछाबाट असल पौष्टिक तत्वहरु पाउनँ सक्छौं । यसमा पाइने तत्वहरुले मानिसको स्वास्थ्यका लागि लाभदायक हुन्छन । माछामा सल्फर युक्त एमिनोएसिड र मेथायुनिनको मात्रा बढी हुन्छ । साथै यसमा क्याल्सीयम, फस्फोरस, ओमेगा, भिटामीन र फलामको मात्रा पनि पाइन्छ । त्यसैले माछा एउटा ब्यवसायको निमित्त मात्र नभइ खानको लागि पनि अति नै आवश्यक हुन्छ । अन्न बालीको खेतीबाट भन्दा माछा पालनबाट पाँचदेखि सात गुणा बढी आम्दानी हुने भएकोले माछा पालन गर्नु उपयुक्त हुन्छ ।

नेपालको हावापानी र माछा पालनको उपयुक्तताको आधारमा न्यानो पानी उपलब्ध हुने तराई, भित्री मधेस र मध्य पहाडको तल्लो भागमा सात जातका कार्प माछाहरु पालन गर्न सकिन्छ ।

सिल्भर कार्प, बिगहेड कार्प, कमन कार्प, ग्रास कार्प, रहु, नैनी र भाकुरा जस्ता माछाहरु उपयुक्त प्रविधिबाट पाल्न सकिन्छ । यसका अतिरिक्त टिलापीया, पङ्गास, माँगुर र चीसो पानीमा ट्राउट माछा पनि पाल्न सकिन्छ । सात जातका कार्प र अरु माछालाई कृत्रिम वा प्राकृतिक पोखरी निर्माण गरेर पालिन्छ ।

कार्प माछाहरुको पालन प्रविधि एकै प्रकारको हुन्छ तर ती सबै माछाको गुण फरक फरक हुन्छ । पोखरी भित्र बस्ने, खाने, प्रजनन गर्ने र बृद्घि हुने कुरामा माछाहरुको विशेषता फरक फरक हुन्छ । सात जातका कार्प माछालाई तराई र मध्यपहाडमा पालन गर्न सकिन्छ ।

माछा पानीमा बस्ने भएकाले पानीको उचित व्यवस्थापनबाट यस व्यवसायको सफलता र असफलता निर्भर हुने भएकोले पोखरीको क्षेत्रफल, गहिराई र पानीको प्रवाहको मिलाउन मूख्य रुपमा पानीको स्थायी स्रोत हुनुपर्दछ । माछा पालन गर्दा पानीका आवश्यक सबै गुणहरुको जाँच गर्नुपर्दछ । तसर्थ पोखरी निर्माण कार्य गर्नु भन्दा पूर्व पानीको स्थायी स्रोत र गुणहरुको पहिचान हुनु अनिवार्य छ ।

पोखरीको पानी अड्ने क्षमता र उत्पादकत्व माटोको बनोट माथि निर्भर हुन्छ । तसर्थ माछा पालनको लागि चिम्टयाइलो दोमट माटो राम्रो मानिन्छ । बलौटे माटोमा पानी अडिन सक्ने क्षमता नहुने भएकोले त्यस्तो माटो भएको स्थानमा पोखरी निर्माण गर्नु हुँदैन ।

खास किसिमका माछाको राम्रो बृद्धिको लागि उपयुक्त किसिमको जलवायू हुनु पर्दछ । कार्प माछा न्यानो पानीमा राम्रो फस्टाउँछ भने ट्राउट माछा चीसो पानीमा फस्टाउँछ । तसर्थ कुन माछा पालन गर्ने हो त्यसै अनुसारको स्थान र पानीको स्रोत खोज्नु पर्दछ ।
जमिनको बनोट माथि पोखरीको निर्माण खर्च तथा संचालन खर्च निर्भर गर्दछ । होचो जग्गामा पोखरी निर्माण गर्दा कम माटो काटे पुग्दछ । भिरालो परेको जग्गामा पोखरी निर्माण गर्दा पोखरीमा पानी भर्न र सुकाउन सजिलो हुन्छ । अर्थात खर्च लाग्दैन । व्यवस्थापनलाई सजिलो बनाउन र खर्च कम लाग्न बनाउन जमिनको बनोट वादी पैरो नलाग्ने,पानी सजिलै ल्याउन तथा पटाउन सकिने तथा कम माटो काटेरै पोखरी बनाउन सकिने खालको भए राम्रो हुन्छ ।

माछा पालन ब्यवसाय गर्दा यातायात, संचार, बिजुली, बजार र सुरक्षाको उचित प्रवन्ध हुनुपर्छ । उत्पादन सामाग्रीहरु ढुवानी गर्न तथा उत्पादित माछा सजिलै बजारमा लगेर बेच्न यातायात तथा बजारलाई विशेष ध्यान दिनु पर्दछ ।

माछा पालनको स्थल छनौट गर्दा सामाजिक सामन्जस्यता भएको, घरको नजिकै र सुरक्षित स्थान हुनु पर्दछ । अन्यथा विषको प्रयोग, दैनीक हेरचाहमा कठीनाइ र चोरीको सम्भावना हुन्छ । माछा पोखरी निर्माण गर्दा माउ माछा, खानेमाछा, भुरा उत्पादन र प्रजनन गर्ने खालका पोखरीको निर्माण गर्नु पर्दछ । यसका लागि प्राविधिको सल्लाह बमोजिम पोखरीहरु बनाउनु उपयुतm हुन्छ । माछालाई आवश्यक मात्रामा दाना दिनु, पानीको अवस्थाको जाँच गर्नु, पोखरी चुहिएको भए टाल्नु, माछामा रोग देखा परेमा औषधी उपचार गर्नु र खान योग्य भएपछि बिक्री गर्नु पर्दछ । माछा ब्यवसायीले वार्षिक खर्च र आम्दानीको हिसाब दुरुस्त राखेर अर्को वर्षको लागि के के गर्ने भनेर नयाँ योजना बनाउनु पर्दछ ।

माछा पालन ब्यवसाय नाफामुलक र सजिलो पनि भएकोले यसलाई अपनाएर प्रशस्त आम्दानी लनि सकिन्छ । पानीको उपयोग, गरिबी निवारण, आय आर्जन, जिवीकोपार्जन हुने खेती भएकोले माछा पालन गर्नु राम्रो मानिन्छ ।

(शन्दर्भ सामाग्रीः मत्स्य पालन श्रृङ्खला, राष्ट्रिय प्राकृतिक तथा कृत्रिम मत्स्य पालन कार्यक्रम।)

 

फोटो

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij