२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

उद्याेग वाणिज्य महासंघ बाग्मती प्रदेशकाे राज्यलाइ ध्यानाकर्षण (विज्ञप्ति सहित)

उद्याेग वाणिज्य महासंघ बाग्मती प्रदेशकाे राज्यलाइ ध्यानाकर्षण (विज्ञप्ति सहित)

नेपाल उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेशले कोरोनाको सम्भावित जोखिमलाई लक्षित गर्दै कायम राखिएको लकडाउनले अर्थतन्त्र दतहसनहस भएको निष्कर्ष निकालेको छ । महासंघको बाग्मती प्रदेशले एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको सङ्केत गर्दै अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रको उद्धार गर्न राज्यको सहयोग आवश्यक पर्नेमा समेत राज्यको ध्यानाकर्षण गराएको छ । राज्यले संरक्षण गर्न नसके नेपालको अर्थतन्त्र नै धरापमा पर्नेतर्फ ध्यानाकर्षण गराउँदै विज्ञप्तिले निजी क्षेत्र जोगाउन राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने माग गरेको छ ।

अहिलेको परिस्थितिमा निजी क्षेत्र राज्यलाई सहयोग गर्न तयार रहेको र गरिरहेको स्मरण गराउँदै राज्यले तत्काल गर्नुपर्ने कामहरुको लामै सूची तयार पारेको छ । अहिलेको परिस्थितिलाई अकल्पनीय भन्दै महासंघले महासंघले निकालेको १६ बुँदे विज्ञप्ति यहाँ प्रस्तुत गरिएको छ ।

यस्ताे छ विज्ञप्तिकाे पूर्ण पाठ

प्रेश विज्ञप्ति     

दिनेश श्रेष्ठ अध्यक्ष

विश्वव्यापी कोरोना भाइरस कोभिड १९ को महामारी र लकडाउनको कारणले समग्र आर्थिक क्षेत्रमा गहिरो प्रतिकुल प्रभाव परिसकेको छ । आर्थिक क्षेत्रमा पर्ने प्रतिकूल प्रभाव कसरी न्यून गर्न सकिन्छ भन्ने विषय अब निजी क्षेत्रको लागी चिन्ताको विषय बनेको छ। कसरी फेरि अर्थतन्त्रलाई पुनर्जागरण र चलायमान गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय तवरमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका सम्पूर्ण निकायहरु द्वारा गहन अध्ययन र अनुसन्धान गर्दै आफ्नो देशको अर्थतन्त्र जोगाउनका लागी विभिन्न राहतका प्याकेजहरु घोषणा गरीरहेका छन। यस्तो गम्भीर परिस्थितिमा आफ्नो देशको अर्थतन्त्र र निजी क्षेत्र जोगाऊनका लागी नेपाल सरकारले पनि तत्काल महत्वपुर्ण निर्णयहरु गरी सशक्त कदम चाल्न अत्यन्त जरुरी भएको छ ।

सरकारले लकडाउनको अवधि थप गर्दै गरेका निर्णयहरु प्रति समर्थन गर्दै संक्रमण फैलन नदिनका लागी घर भित्र रहेर सहयोग गर्नु हामी सबैको कर्तव्य हो। यो परिस्तिथिमा राज्य संग सहकार्य गर्दै राज्य लाई सहयोग गर्न निजी क्षेत्र सदैव तयार रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघ संग आवद्ध सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य संघहरुले आफ्नो सामर्थले भ्याए सम्म संक्रमणबाट प्रभावित क्षेत्रहरुमा विविध सहयोग र सेवा कार्यमा तन मन र धन ले अनवरत रुपमा लागिपरेका छन ।

एकातर्फ निजी क्षेत्रले यस्तो असहज परिस्थितिको पर्वाह नगरी अत्यावाश्यक वस्तु र सेवाको वितरण र आपूर्ति सहज गर्न सहयोगी बनिरहेका छन् भने अर्को तर्फ लकडाउन खुलेपछी निजी क्षेत्र माथि तत्कालै आउने कठिन परिस्थितिको कल्पना गर्दै रात दिन त्रशित र भयभीत मनस्तिथिका साथ बाँचिरहेका छन् ।

वर्तमान आवस्थामा हप्तौंको लकडाउन पश्चात पुन बजार खोल्दा निजी क्षेत्रले आज सम्म कल्पनै नगरेका समस्याहरुको एकै पल्ट सामना गर्नेछ। लकडाउनका कारण पुँजीको तरलतामा गम्भीर असर परेको छ। निजी क्षेत्रले आफ्ना कर्मचारी तथा मजदूरको पारिश्रमिक, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज र किस्ता, घर तथा गोदामको भाडा , आपुर्तिकर्ताको बा्रकी भुक्तानीहरु, कर राजस्व तथा विविध निश्चित लागतहरु एकैपल्ट भुक्तानी गर्नुपर्ने अस्वभाविक परिस्थितिको सामना गर्न सक्दैन। उपभोग्य वस्तुहरुको म्याद सकिएर खुद्रा, थोक र उत्पादक र आयातकर्ताकहाँ ठुलो परिणामको स्टकहरु थन्किएको अवस्थाहरु छन । बजारको उचन्ती पैसा सहज तरिकाले आउने अवस्था छैनन् ।

के यो विषम परिस्तिथिको निजी क्षेत्र एक्लैले सामना र समाधान गर्न सक्छन त रु निजी क्षेत्रले व्यहोर्नु पर्ने यस्तो परिस्तिथिको जिम्मेवारी निजी क्षेत्र मात्रकै हुन् त । यस्तो अनियन्त्रित र अकल्पनिय परिस्तिथिको सामना विश्वका कुनै पनि देशका निजी क्षेत्रले एक्लै गरिरहेको भने छैनन। राज्यले ठुला ठुला राहतका कार्यक्रम ल्याएर निजी क्षेत्रको बचाउ गर्न प्रयास गरेको छ । यस्मा नेपाल सरकारले तदारुकता र उच्च मनोवलका साथ निजी क्षेत्रलाई सहयोग गर्नु भन्दा अरु कुनै विकल्प हुन सक्दैनन्।

निजी क्षेत्र स्वयमले जोखिम उठाएर लगानी गरी प्राप्त हुने आयमा राज्यलाई ३० देखि ४० प्रतिशत सम्म आयकरका रुपमा राज्यलाई निजी क्षेत्रले बिना लगानी नाफामा साझेदार बनाएको हुन्छ। राज्य र नीजी क्षेत्रको सहकार्यको स्वचालित सम्येन्त्र अनुरुप निजी क्षेत्रले राज्यको ढुकुटीमा निरन्तर अनन्त राजस्व जम्मा गर्दै राज्यको अर्थतन्त्रको निर्माण र संचालनमा मेरुदण्डको भूमिका निर्वाह गरेको हुन्छ। आजको विषम परिस्तिथिमा राज्यले निजी क्षेत्रको उद्दार गर्न नसक्नु भनेको राज्य स्वयंले अर्थतन्त्रलाई धरापमा पार्नु हो।

– यो यथार्थलाई राज्यले यथासक्य चाडो सहज रुपमा मनन गर्दै निजी क्षेत्रलाई जोगाउन अभिभावकको भूमिका निर्वाह गर्नु भन्दा अन्य विकल्प विश्वको कुनै राष्ट्र समक्ष छैन र हाम्रो निजी क्षेत्र जोगाउनका लागी पनि नेपाल सरकारसंग अरु कुनै विकल्प हुन सक्दैन भन्दै हामी निम्न विषयमा तत्कालै राज्यको ध्यानाकर्षण गराउन चाहन्छौ।

– लकडाउन खोल्ने बित्तिकै तत्काल सबै व्यवसायीहरुको समस्या नगदको अभावमा हुनेछ । तरलताको समस्या संवोधनका लागी पौष सम्मका नियमित सबै ग्राहकहरुलाइ सरल प्रक्रियामा निवेदनको आधारमा स्विकृत सिमाको बढीमा १०५ सम्म थप ऋणमाग गरेमा १२० दिनका लागी थप सुरक्षण र धितो बिना न्यूनतम ब्याज दरमा कर्जा सिमा थप गरी दिने नितीगत निर्णय हुनु पर्ने।

– बन्द भएको चैत्र महिना देखि ब्याज बुझाउने म्याद कम्तीमा अवस्था सामान्य नभए सम्मका लागी वा बढीमा आगामी एकवर्ष सम्म ऋणीले माग गरेकोमा म्याद थप हुनुपर्ने ।

-कर्जा लिएका नियमित ग्राहकहरुले लिखित अनुरोध गरेदेखि बाहेक ब्याज वा साँवाको बाँकी बक्यौता खातामा भएको रकम खाताबाट निकाल्ने काम ६ महिनाका लागी बन्द गर्नुपर्ने ।

-चैत्र सम्मको तिर्नुपर्ने साँवा, ब्याज बुझाएमा सबै कर्जा शिर्षकमा कम्तीमा ऋणी लाइ १०५ छुट दिनु पर्ने ।

-सबै कर्जाहरुको ब्याज दर वैशाख देखि कम्तिमा आउँदो एक वर्ष आधार दरमा दिने र बैंकहरु यो आर्थिक वर्षको तिन महिना बिना नाफामा अर्थतन्त्र चलायमान बनाउन श्वेच्छिक रुपमा बैकिङ सेवा प्रदान गर्ने । साथै आगामी आव सम्मलाइ कालोसूचि, वाच लिष्ट, डेब्ट इक्यूटी रेसियो असन्तुलन भएपनि मान्य हुने व्यवस्था गर्ने ।

– बैंक तथा वित्तिय संस्था बाट ५० लाख सम्म ऋण लिएर कारोबार गर्ने साना व्यवसायीहरु लाइ राहत दिन बाँकी ब्याज मा ५०५ छुट हुनु पर्ने । अन्य कर्जावालाहरु का राहतका लागी लाग्ने ब्याजको ३३५ छुट हुनुपर्ने ।

– दश लाख सम्मको ऋण लिएका साना साना व्यवसायीहरु का हितका लागी बन्द अवधीकोे तिर्नु पर्ने ब्याज अनुदान सरकारले दिनुपर्ने । एक करोड सम्मको ऋणको ब्याज ५०५ र सो भन्दा बढी ऋणको ब्याज ३३५ अनुदान दिनु पर्ने ।

यो बन्द रहेको समय सरकारलाइ बुझाउनु पर्ने मू।अ।कर, र सबै कर बक्यौताहरु सबैले चालू आ।व।को आय व्यय विवरण बुझाउने समय आश्विन मसान्त वा म्याद थप भएका हकमा पौष मसान्त सम्ममा आय विवरण संगै बुझाउने गरी म्याद थप हुनु पर्ने।

-विगत वर्षहरुमा आयकर तिरेको आधारमा करदाताहरु ले माग गरेमा बढीमा तिरेको करको प्रती महिना प्रो(रेट का आधारमा १० प्रतिशत वा बढीमा दशलाख सम्म अनुदान दिनु पर्ने ।

-बन्द अवधिमा श्रमिक, मजदूर तथा कर्मचारीहरुको तलब सुबिधामा रोजगारदाता, सरकार र कर्मचारीले ३३५ मात्र व्यहोर्नु पर्ने ।

-विद्युत प्राधिकरणले उद्योग व्यवसायीहरुलाइ बन्द अवधी को डिमाण्ड शुल्क मिन्हा दिनुपर्ने । साथै उद्योगका लागी विद्युत महसुलमा २५५ मिन्हा पाउनु पर्ने ।

-बहालबाट घरव्यवहार चलाउनु पर्नेहरुलाइ पनि सहयोग हुनेगरी बन्द अवधिको बहाल नलिन भन्ने निर्णय परिमार्जन गर्नु पर्ने ।

-बन्दका कारण आयात गरेको सामानको लाग्ने डिमरेज, डिटेण्सन शुल्क मिन्हा हुनु पर्ने।

-वस्तु वितरणमा ठूलो समस्या म्याद गुज्रेको, बजार बाट पैसा नउठने, समस्या आउने देखिन्छ । सबै पक्षलाइ अली राहत, अली आहत हुने गरी समाधान हुनु पर्ने ।

-करका दर घटाउने, कुनै पनि उद्योगको कच्चा प्रदार्थमा कर दर कम गर्ने, सरकारी खर्च कम गर्ने, मू।अ।करको दर कम गर्ने जस्ता दिर्घकालीन व्यवस्था आगामी बजेट बाट संवोधन गरीनु पर्ने ।

-साना, मझ्यौला, घरेलु तथा स्वोरोजगारी प्रकृतिका उद्यमीहरुको आर्थिक कारोवार ऋण तथा निक्षप सम्पूर्ण मुख्यतया सहकारी संस्थाहरु संग हुने भएकोले सहकारी संस्थाहरुको सुरक्षणमा विशेष पहल गर्नु पर्ने।

धन्यवाद,

दिनेश श्रेष्ठ

अध्यक्ष 

नेपाल उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेश 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij