२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

आर्थिक विकासका लागि श्रम, पूँजी, सूचना र प्राकृतिक स्रोत आवश्यक

आर्थिक विकासका लागि श्रम, पूँजी, सूचना र प्राकृतिक स्रोत आवश्यक

  • डा. के. बि. सम्राट

मुलुकमा आर्थिक शासन प्रणाली कुशल नभएको साबित छ । यदि यो पद्दति कुशन र पारदर्शी हुने हो भने भ्रष्टाचार त के घुसखोरी पनि मुलुकमा रहने थिएनन होला ।  शासन प्रणाली स्थानीय तहतर्फ फर्केको छ, अहिले । त्रिणमूल नागरिकका लागि रोजगारी उपलब्ध गराउन, नागरिकको जीवनस्तर माथि उठाउन तथा प्राप्त आर्थिक विकासलाई दिगो बनाउन स्थानीय आर्थिक विकासलाई मेरुदण्ड मानिएको छ । देशमा अहिले १६औं आवधिक पञ्च वर्षीय योजनाको तर्जुमा भइरहेछ ।

परम्परागत ढर्रामा तर्जुमा हुने आवधिक योजनाले देशको विकासलाई नेतृत्व गर्न र समेट्न नसकेको इतिहास हामी सबैको अगाडि साक्षी छ । गरिबी, बेरोजगार, पूर्वाधारको अभाव, अशिक्षा, रोग र भोक स्थानीय तहमा छरप्रस्ट छरिएका छन् ।

हाम्रा विगत योजनाले विकासलाई निर्देशित गर्न नसकेको दृष्टान्त मनन गर्दै योजनाकारले आगामी दिनमा फड्को मार्न खोजेको दृश्य पनि १६औं योजनाको अवधारणापत्रले देखाएको छैन । पुराना योजनाबाट पुनर्लेखन गरिएको नयाँ ढड्डाबाहेक योजनाको डकुमेन्टमा नवीन रणनीतिक परिदृश्यको आशा गर्न पनि सकिन्छजस्तो लाग्दैन । यो सफल विज्ञबाटमात्र हुनसक्ने कुरा हो कि विकासको जग स्थानीय तहबाट राख्न सकेको खण्डमा मात्र विकास दिगो, फराकिलो र नागरिकमुखी हुन सक्छ । राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना तर्जुमा गर्न व्यस्त छ ।

आवधिक योजनाको अवधारणापत्रका आधारमा योजनाको विस्तारित संस्करण लेख्ने काम भइरहेको छ । आयोगको अवधारणपत्रमा स्थानीय आर्थिक विकासको टिपोटसम्म पनि गरेको छैन । नागरिकस्तरबाट तथा स्थानीयस्तरबाट विकास गर्न योजनामा छुट्टै शीर्षक राखेर स्थानीय आर्थिक विकासको नेतृत्व गर्न आयोग अगाडि सर्नुको विकल्प देखिँदैन । विकास प्रक्रियाको प्रजातान्त्रिकरण, धनको समान वितरण, सबै नागरिकका लागि अवसरमा समान पहुँच र सामाजिक न्याय र प्राकृतिक वातावरणको संरक्षणलाई विकासले समेटेको हुन्छ । विकासले पुँजी निर्माण र आर्थिक वृद्धिलाई मात्र होइन खाद्यान्न र रोजगारको समान उपलब्धता र आय असमानताको सख्त न्यूनीकरणमा जोड दिन्छ । आर्थिक विकासले कुल गार्हस्थ्य उत्पादनमा वृद्धि, प्रतिव्यक्ति आय वृद्धि, धनको न्यायपूर्ण वितरणलगायत भौगोलिक तथा प्रादेशिक सन्तुलन हुनेगरी पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, आवासलगायत सबै प्रकारका सेवा विस्तार र जनस्तरको सुधारलाई समेट्न सक्छ । मानव जीवनमा सारभूत र आधारभूत रूपमा सकारात्मक परिवर्तन हुनु विकास हो । नयाँ तर सकारात्मक परिवर्तन विकास हो । विकास नियमित–निरन्तर र उत्परिवर्तन गरी दुई किसिमले हुने गर्छ ।

विकासलाई आर्थिक, सामाजिक सांस्कृति रूपमा विश्लेषण गर्ने गरिन्छ । विकास बहुआयामिक हुन्छ । राजनीतिक रूपमा विकासलाई स्वतन्त्रतासँग विश्लेषण गरिन्छ । निर्वाचनमा नेताको छनोटदेखि आवश्यकता र रुचिअनुरूप वस्तुसेवाको छनोट गर्ने स्वतन्त्रतालाई यसमा समेटिन्छ । स्वतन्त्रता उपभोग गर्न व्यक्ति सक्षम हुनुपर्ने भएको कारण व्यक्ति अर्थात् मानव संशोधनको विकास अनिवार्य मानिन्छ । समाजिक विकासमा स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र समानताको प्रवर्धनन, वर्गीय, क्षेत्रीय, लैगिंक तथा जातीय असमानता र सामाजिक भेदभावको अन्त्यलाई समेटिएको हुन्छ । सांस्कृतिक विकास मूलतः मानिसको आस्थासँग जोडिएको हुन्छ ।

सांस्कृतिक विकासलाई अलग्याएर गरिएको विकास दिगो र खुसीप्रद हुँदैन । लेसेज फेयर प्रणालीले ल्याएको आर्थिक अस्थिरता सच्याउन सरकारको सक्रियता र लगानीमा विकास अर्थतन्त्रको आरम्भ भयो । बजार आर्थिक प्रणालीको स्थानमा सरकारको संलग्नता बढ्यो । सरकारले आर्थिक विकासलाई व्यवस्थित गर्न कप्रिहेन्सिभ र इन्डिकेटिम योजनाको अभ्यास गर्न थाल्यो । हामोर डोमर मोडलले विकासका लागि लगानीलाई जोड दियो । आर्थर लुइसले संरचनात्मक परिवर्तनमा जोड दिँदै कृषि क्षेत्रमा रहेका बचत श्रमलाई औद्योगिक क्षेत्रमा स्थानान्तरण गरेर विकास गर्नेमा जोड दिए । गुन्नार मिडेलले विकासले नागरिकको वस्तु सेवा छनोट गर्ने आकार फराकिलो बनाउनुलाई विकास भने । अर्मत्य सेनले विकासले स्वतन्त्रता र स्वतन्त्रताले विकासलाई प्रवर्धन गर्छ भन्ने राय दिए । परियोजनामा आधारित लगानीको नेतृत्वमा विकास गर्ने अवधारणा प्रारम्भ भयो । विकासको ‘ट्रिकल डाउन इफेक्ट’ जनस्तरसम्म फैलन समय लागेको र परियोजना निर्माण तथा कार्यान्वयन इलाइटवर्गमुखी भएको भन्ने आलोचनाले विकास स्थानीय जनसाधारणको आवश्यकता र चाहनालाई स्पर्श गर्न असक्षम भएको अनुभूति सर्वत्र भयो ।

विकासको अर्थमा हाल समष्टिगत आर्थिक सूचकहरू कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आयसहित सामाजिक जीवनस्तर, शिक्षा स्वास्थ्य आवास सुविधा, अपेक्षित आयु, पूर्वाधार विकास, गरिबी न्यूनीकरण र खुसी मन विकासका सूचकमा समावेश हुने गरेका छन् । विकासको गतिवर्धक तत्व उद्यमशीलता र लगानी हो । श्रम, पूँजी, सूचना र प्राकृतिक स्रोत विकासका लागि लगानीका प्रमुख स्रोत हुन् । आर्थिक विकासका लागि लगानी गर्न लगानी वातावरण, उद्यम र योजनाबद्ध दृष्टिकोण आवश्यक हुन्छ । विकास उपलब्धि भौतिकका साथै जनताको खुसीमा मापन गर्ने वर्तमानको यथार्थ भएकाले विकासको अर्थ फराकिलो र मानव केन्द्रित बन्न पुगेको छ । विकासमा सरकारको संलग्नताले सियोदेखि हवाईजहाज बनाउनेसम्मको कार्य सबै सरकारमाथि निर्भर भए सहज हुनेमा दुइमत रहेन । निजी क्षेत्र उपेक्षित हुन पुग्यो र उत्पादनका साधनको महत्व उपयोग हुन सकेन । सरकारले मात्र विकास कार्य र सेवा प्रवाह गर्न खोज्दा कर्मचारीतन्त्रमा अनेकौ विकृति देखा परे । गर्भनेन्समा उदासीपन, थकान र अनुत्तरदायीपन देखापर्न गयो । भ्रष्टाचार बढ्यो । सरकारको आलोचना बढ्न थालेपछि सरकारले विस्तारै विकास कार्यबाट आफ्नो संलग्नतालाई घटाउँदै हटाउँदै गयो । फलतः सरकारले बजार संयन्त्रमा निजी क्षेत्रलाई सहभागी गराउने नीति अवलम्बन गर्न थाल्यो ।

आर्थिक सामाजिक विकास नीति, योजना, परियोजना मात्र नभएर राजनीतिक विषय पनि हो । खासगरी, अर्थ राजनीतिको विषय हो । अर्थशास्त्रीले विकास र राजनीतिलाई अलगअलग राख्ने चेष्टा गरे । तर, विकास र राजनीति अलग रहन सक्दैनन् । विकासको नेतृत्व राजनीतिक विषय हो । राजनीतिले देशको विकास गर्ने दृष्टिकोण, विधि र नेतृत्व दिन्छ । राजनीति सुझबुझमा विकास नीति योजना कार्यक्रम तर्जुमा गरिन्छन् । अर्थशास्त्रका विकास दृष्टिकोण र सिद्धान्त गतिशील छन् । अर्थशास्त्रीहरूले विकासका आवश्यकता र विकासका विधि राजनीतिक तहमा छलफल गरेर देशको आर्थिक विकास माथिल्लो तह वा तल्लो तह वा दुवै तहको सन्तुलिततवरले गर्ने गरी निर्णय लिनुपर्नेहुन्छ । विकास मानव कल्याणका लागि मानव केन्द्रित हुनुपर्छ भन्ने माग उठ्नु स्वाभाविक हो । प्राकृतिक वातावरणको अनपेक्षित विनासले मानव कल्याण जोखिममा पर्दै गएपछि दिगो विकास अवधारणा आयो । यसले प्राकृतिक स्रोतको महत्व उपयोग र संरक्षण, सन्तुलित विकास र विकासको प्रतिफलको समान वितरणमा जोड दिन्छ । दिगो विकासले विकासका यावत कार्यमा वातावरणीय अन्तरवस्तुलाई आन्तरिकीकरण गर्दै लैजान उत्प्रेरित गर्छ ।

उदारवादी र नियोजित विकास मोडेलका प्रणेत्ता जनकल्याणलाई अँगाल्न पुगे । नागरिकको खुसीमा विकास खोज्ने आयाम अगाडि आयो । टप डाउन विकासको ठाउँ वटम अप मोडलले लियो । स्थानीय आर्थिक विकासको ज्ञान र अभ्यास आरम्भ भयो । हरेक स्थानीय क्षेत्रको आफ्नै विशिष्ट भौगोलिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विशेषता रहेको हुन्छ । स्थानीय क्षेत्रमा रहेका विशिष्ट विशेषताले स्थानीय आर्थिक विकासलाई प्रवर्धन र अप्रवर्धन गरिरहेका हुन्छन् । स्थानीय विशेषतामा तुलनात्मक रूपमा विकासलाई आवश्यक लगानीलाई आर्कषण गर्ने, कार्य रूपमा बदल्ने र टिकाउने क्षमता रहेको हुन्छ । स्थानीय सरकारले स्थानीय जनताको लागि स्थानीय स्रोतसाधन प्रयोग गरेर गरिने विकास स्थानीय विकास हो । स्थानीय आर्थिक विकासलाई स्थानीय नागरिक, स्थानीय समुदाय तथा स्थानीय सरकारको सामूहिक प्रयत्नको प्रतिफल मानिन्छ ।

स्थानीय आर्थिक विकास एक प्रक्रिया, औजार वा रणनीति हो । स्थानीय तहमा, स्थानीय व्यक्ति तथा संस्थाले, स्थानीय जनताका लागि, स्थानीय स्रोतसाधन र अवसर उपयोग गरी स्थानीय आर्थिक क्रियाकलाप विकास, परिवर्तन र विस्तार गर्ने गर्छन् । स्थानीय विकासले स्थानीय विशेषज्ञता विकास गर्छ । त्यस्तो विकासको आरम्भ स्थानीय जनताको आफ्नै परम्परागत वा बाह्य प्रेरित हुन सक्छ । स्थानीय रूपमा आत्मनिर्भर हुन र विकासलाई दिगो बनाउन स्थानीय नेतृत्व, स्थानीय जनता, स्थानीय उद्यमी सँगसँगै काम गर्छन् । स्थानीय आर्थिक विकासले स्थानीय नागरिलाई सशक्तीकरण गर्छ । स्थानीय विकास राष्ट्रिय विकासबाट अलग हुन सक्दैन । स्थानीय विकास समग्र राष्ट्रिय विकासको अंश हो । संघ, प्रदेश र स्थानीय तहको समन्वय सहभागिता र सहकार्यको प्रतीक हो । स्थानीय आर्थिक विकास विकासको बटम अप एप्रोच हो । स्थानीय समुदायको परिचालन र सहभागिताको उपज हो । स्थानीय आर्थिक विकास स्थानीय आर्थिक वृद्धि र रोजगारीका अवसर सिर्जनाका लागि स्थानीय नागरिक स्थानीय समुदाय, स्थानीय सरकार, व्यवसायी तथा गैरसरकारी क्षेत्रको सामूहिक प्रयास हो । स्थानीय ज्ञान, सोच, सीप परिचालन र उपयोगबाट स्थानीय आर्थिक विकास हुन्छ । स्थानीय आर्थिक विकासको उद्देश्य स्थानीय जनता र भूगोललाई लाभ पुग्नेगरी विकास गर्नु हो । स्थानीय आर्थिक विकासले स्थानीय रूपमा रोजगारीका अवसर उपलब्ध गराई गरिबी निवारण गर्ने, स्रोतसाधनको पुनर्वितरण गर्ने र स्थानीय नागरिकलाई लाभ पुग्नेगरी सार्वजनिक निजी लगानी अभिवृद्धि गर्छ ।

स्थानीय आर्थिक विकास र स्थानीय सामाजिक सांस्कृतिक विकास तथा वातावरण संरक्षणबीच घनिष्ट सम्बन्ध रहेको हुन्छ । एकको विकासले अर्को विकासलाई स्वभाविक रूपमा अगाडि बढाउँछ । लिच्छवीकालमा विकेन्द्रीकरणको सिद्धान्तअुनरूप स्थानीय पाञ्चालीले स्थानीय विकासको नेतृत्व गरेको देखिन्छ । राणाकालमा विकास केन्द्रीकृत थियो । प्रजातन्त्रको स्थापनासँगै विकासले योजनाबद्ध रूपमा पाइला चाल्न खोज्यो । तर, विकासले अपेक्षित गति लिन सकेन् । ‘ट्रिकल डाउन इफेक्ट’ जनस्तरसम्म पुग्न नसकेपछि गाउँघर राजधानी र जिल्ला सदरमुकामको विकास हेरेर चित्त बुझाउन बाध्य भए । विकेन्द्रीकरणका प्रयास पनि भए । विकास विश्वव्यापीकरणसँगै स्थानीय आर्थिक विकासको महत्वको उदय भयो । विश्वव्यापीकरणले देशको आर्थिक विकासका लागि अवसर र चुनौतीसँगै लिएर आयो । स्थानीय उत्पादनले सजिलोसँग विश्व बजार पाउने अवसर र विश्व बजारका वस्तुसँग प्रतिस्पर्धा गर्ने चुनौती पनि पाए । ‘थिंक ग्लोबल्ली एक्ट लोकल्ली’ अवधारणाले विकासलाई गाउँ सहरसम्म पुर्याउन  प्रेरित गारो । विश्वव्यापीकरणको वातावरणले आर्थिक व्यवसाय र पुँजीले सस्तो उत्पादन क्षेत्र खोज्दै हिँड्न थाले ।

मोबाइल म्यानुफ्याक्चरिङको अभ्यास र प्रत्यक्ष विदेशी लगानी अवधारणाको उदय भयो । विकासोन्मुख अर्थतन्त्रले लाभ उठाउन थाले । स्वदेशी वा विदेशी पुँजीलाई आर्कषित गर्न स्थानीय सरकारले पनि लगानी सम्मेलन गर्दै सुविधाजनक लगानी वातावरण बनाउन थाले । स्थानीय पूर्वाधारमा लगानी बढाउन, अनुदान र कर छुटका प्रावधान अगाडि आए । वार्षिक बजेटमा एक गाउँ एक उत्पादनका कार्यक्रम र प्रो पुअर रणनीति आए । तर, पनि प्रजातन्त्र, गणतन्त्र र संघीय शासन प्रणालीको अभ्यास गरिरहँदासम्म पनि विकास स्थानीय तहसम्म ओर्लन सकेन । परिणामतः स्थानीय आर्थिक विकासको खोजी भयो । स्थानीय सरकारले स्थानीय विकासका लागि लगानीकर्ता, सहजकर्ता, समन्वयकर्ता, उत्प्रेरक र उद्यमीका रूपमा भूमिका निभाउनुपर्नेहुन्छ । योजना तर्जुमा र कार्यान्वयनमा निपूर्णता ल्याउनुपर्छ । आर्थिक विकासका लागि सबैभन्दा मुख्य विषय लगानीमैत्री वातावरणको निर्माण हो ।

स्थानीय आर्थिक विकासका लागि स्थानीय स्रोतसाधन र जनशक्ति परिचालनलाई प्राथमिकता दिनु आवश्यक हुन्छ । लगानीले स्थानीय उत्पादनमा जोड दिनुपर्छ । नेपालको संविधानले स्थानीय विकास गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । स्थानीय सरकारलाई संविधानले स्थानीय स्रोतसाधन परिचालनको अधिकार पनि दिएको छ । यसकारण स्थानीय आर्थिक विकासको नेतृत्व स्थानीय सरकारले गर्नुपर्छ । स्थानीय सरकारले विकास गर्ने भन्दै गर्दा पनि स्थानीय आर्थिक विकासका लागि संघीय सरकारको प्रतिबद्धता अनिवार्य आवश्यक हुन्छ । स्थानीय आर्थिक विकासको नीति योजना राष्ट्रिय एवं प्रादेशिक योजनासँग मिल्ने हुनुपर्छ । स्थानीय सरकारले स्थानीय आर्थिक विकासका लागि स्थानीय विकासको नीति निर्माण तथा एकीकृत विकास योजना तर्जुमा र लगानीका क्षेत्र स्पष्ट गर्नुपर्छ । स्थानीय आर्थिक विकासका लागि स्थानीय पूर्वाधार विकास, मानव संसाधन विकास, वातावरणको संरक्षण, समुदायमा आधारित विकास र आयको पुनर्वितरण प्रमुख रणनीति हुन्छन् ।

स्थानीय आर्थिक विकास राष्ट्रिय विकासको अंग र अंश हुन सकेन भने न स्थानीय विकास हुन्छ न राष्ट्रिय वा प्रादेशिक विकास नै हुन्छ । राष्ट्रिय विकासका लागि बन्ने आवधिक योजनाले स्थानीय आर्थिक विकासलाई समेट्न सकेन भने विकासले पूर्णता पाउन सक्दैन् । हाम्रा आवधिक योजनाले स्थानीय आर्थिक सामाजिक विकासका एजेन्डाहरूलाई उठाउन सकेका छैनन् । विगत आवधिक योजनाले ट्रिकल डाउन सिद्धान्तलाई बोकेर स्थानीय आर्थिक विकासको एजेन्डालाई मूलधारमा ल्याएनन् । १६औं योजनाको अवधारणापत्रमा पनि स्थानीय आर्थिक विकासलाई प्राथमिकता दिएको र अलग शीर्षकमा लेखिएको देखिँदैन । योजनाकारको आँखामा स्थानीय आर्थिक सामाजिक विकासले रणनीतिक महत्व नपाउन आश्चर्यजनक छ । ट्रिकल डाउनले विकास हुँदैन भन्ने बुझ्न ढिलो भइसकेको छ । १६औं योजनाले सम्झेला नसम्झेला तर स्थानीय सरकारहरू स्थानीय आर्थिक विकासका लागि रणनीतिक रूपमा जुटनु भने पर्छ । यो नै आर्थिक विकासका लागी श्रम, पुँजी, सूचना र प्राकृतिक श्रोत हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij