२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

आफ्नो लागि प्रेरक व्यक्तिहरु प्रति कृतज्ञता

आफ्नो लागि प्रेरक व्यक्तिहरु प्रति कृतज्ञता

हामी निरन्तर कृतज्ञता अभ्यासको क्रममा छौं । आज हामी हाम्रो जीवनका प्रेरक व्यक्तिहरु प्रति कृतज्ञता भाव प्रकट गर्दैछौं । अहिले हामी जुन अवस्थामा छौं, यस अवस्थामा आइपुग्नुमा हाम्रा अग्रजहरु, गुरुहरु, परिवार, आफन्त, साथीहरु, कुनै क्षेत्रका विज्ञ वा अग्रज, लेखक, डाक्टर लगायतका जीवित व्यक्तिहरुको अलावा कुनै घटना वा परिस्थिति लगायत धेरै कुराहरु जिम्मेवार भएका हुन सक्छन् ।

आज आफ्नो जीवनलाई राम्रो बनाउनको लागि प्रेरणा दिने व्यक्तिहरु मध्ये आफूलाई बढी प्रभाव पारेका ३ जना व्यक्तिहरुको नाम डायरीमा लेखौं । हामी उनीहरुबाट कसरी प्रभावित भयौं ? त्यो प्रभाव पार्ने कारण के थियो ? त्यस समयमा हामी कुन अवस्थामा थियौं ? गहिरो सँग त्यस अवस्थाको स्मरण गरौं ।

यो पनि विचार गरौं कि कठिन अवस्थामा रहँदा हामीलाई प्रेरणा र सही मार्गदर्शन प्रदान गर्नको लागि हामीलाई ठूलो ज्ञान नै चाहिन्छ भन्ने हुँदैन । जतिबेला हामी सही गलत निर्णय लिन नसक्ने अवस्थामा हुन्छौं, सही मार्गदर्शन पाइरहेका हुँदैनौं, त्यतिबेला प्राप्त गरेको साधारण सल्लाहले पनि हाम्रो जीवनलाई ठूलो प्रभाव पारेको हुन्छ ।

एउटा प्रयोग

आज हामीलाई साँच्चै प्रभावित गरेका र हाम्रो जीवनलाई नयाँ दिशा देखाएका ३ जना व्यक्तिहरुलाई स्मरण गरौं र उनीहरुको नाम डायरीमा टिपोट गरौं । हाम्रो जीवनलाई साँच्ची प्रभावित पार्ने व्यक्ति कुन उमेरका थिए ? हामी कुन उमेरमा थियौं भन्ने कुराले केही फरक पार्दैन ।

अब आँखा बन्द गरेर एक पटकमा ती ३ जना मध्येका १ जना व्यक्ति आफ्नो साथमा रहेको सम्झेर काल्पनिक रुपमा भलाकुसारी गरौं । साथै ऊहाँहरुबाट आफूले अहिले पनि अदृष्य रुपमा त्यसरी नै मार्गदर्शन निरन्तर प्राप्त गरिरहेको समेत कल्पना गरौं । आफू ऊहाँहरुको साथमा रहँदा निकै खुसी प्राप्ति भइरहेको महसुस गरौं ।

अब पहिले हामीले ऊहाँबाट सहयोग प्राप्त गर्दाको तत्कालिन विषय, परिवेश र घटनालाई सूक्ष्म रुपमा स्मरण गर्ने प्रयत्न गराैँ ।

म कहाँ थिएँ ?

त्यो समयमा म कुन अवस्थामा थिएँ ?

मलाई के कामको लागि सहयोग चाहिएको थियो ?

मैले ऊहाँबाट कस्तो सहयोग÷सल्लाह पाएको थिएँ ?

त्यस सहयोगले मेरो आफ्नो जीवन- शिक्षा -सुझबुझमा कसरी सहयोग पुर्याएको थियो ?

साथै त्यस सहयोगले बाँकी जीवनलाई माथि उठाउनमा कसरी सहयोग पुर्याउँदै आयो ? भन्ने लगायतका हरेक प्रश्नलाई सूक्ष्म रुपमा अनुभव गरेर उत्तर खोजौं ।

क्रमिक रुपमा तिनै जना व्यक्तिहरुसँग यस्तो अभ्यासलाई पालोपालो गरी निरन्तरता दिउँ । ऊहाँहरुको सहयोगको लागि हृदय देखि नै कृतज्ञता प्रकट गरौं । साथै कृतज्ञता प्रकट गर्नुको कारण समेत उल्लेख गरौं । जसबाट हाम्रो कृतज्ञता भावलाई अझ गहिराईमा पुर्याउन सहयोग पुग्नेछ ।

साथै एउटा सानो सहयोग वा सल्लाह पनि जीवन निर्देशनको आधार कसरी बन्न सक्दो रहेछ भन्ने बुझेर आफैं दङ्ग परौं ।

प्रेरणाका साधारण अभ्यास

यदि हामीले आफ्ना लागि ठूलो प्रेरणा प्रदान गर्ने व्यक्तिहरु भेट्न सकेनौं भने पनि केही फरक पर्दैन । हामीले बाल्यकालमा नै अभिभावक, शिक्षक वा आफन्तजन लगायतबाट आफूले सहयोग पाएको व्यक्तिलाई धन्यवाद व्यक्त गर्नुपर्र्ने, संस्कारी बन्नुपर्ने, अनुशासनमा रहनुपर्ने, जिम्मेवारी वहन गर्नुपर्ने, सहयोगी बन्नुपर्ने लगायतका कुराहरु सिक्यौं । हाम्रो जीवन निर्देशनका लागि हामीले सिकेका यस्ता कुराहरु अनेकौं छन् । यस्ता शब्द वा सीपलाई एक–एक गरेर टिपोट गर्यौं भने पनि हामी आफूमा कृतज्ञता भाव जागृत गर्न सक्छौं ।

आजको संकल्प

एउटा सानो शब्द, सहयोग वा मार्गदर्शन पनि कठिन अवस्थामा रहेको व्यक्तिको लागि तत्कालका लागि र सिङ्गो जीवन निर्देशनको लागि कसरी माध्यम बन्न सक्ने रहेछ भन्ने कुरा हामीले बुझिसक्यौं ।

– आजबाट हामी कसैलाई पनि कुनै किसिमले सचेत रुपमा गिज्याउने वा ठेस लगाउने काम नगर्ने प्रतिज्ञा गरौं ।

– सकिन्छ भने अवस्था हेरेर आफ्नो तर्फबाट सक्दो सहयोग नै उपलब्ध गराउँ । कृपा र करुणाले आफू र उ दुवैलाई सहयोग पुग्छ भन्ने बुझौं ।

– हामीले राम्रो प्रगति गर्न नसक्नुमा हाम्रो समाजमा तिमी आफ्नो लक्ष्यमा अघी बढ, तिमी त्यस काम (आफ्नो सोच बमोजिम)को लागि सक्षम छौ भनेर बताउने मानिसहरुको सङ्ख्या अत्यन्तै न्यून हुनु पनि एक रहेछ भन्ने बुझौं । यसकारण अब हामी समाजका पात्रहरुको लागि सकारात्मक प्रेरणाको माध्यम बन्नुपर्ने संकल्प सहित अघी बढौं ।

– तिमीले त्यो काम गर्न सक्दैनौ, तिमी असफल हुनेछौ, समाजले तिम्रो खिल्ली उडाउनेछ । ठूलो सोच्न र गर्नको लागि तिमीले नै किन चासो लिनुपर्यो ? एकजनाले राम्रो गर्न चाहेर पनि के हुन्छ र ? भन्ने जस्ता वाक्यांशहरुले केही नयाँ गर्न चाहने व्यक्तिहरुलाई सहयोग गर्नुको बदला हतोत्साही र निरुत्साहित गर्ने प्रचलन बढी छ । अब हामी आफूलाई सीमित पार्ने यस्ता विचारहरुबाट प्रभावित नभई आशाको सानो सम्भावनालाई पनि प्रेरणाको दिशामा अघी बढ्ने माध्यमको रुपमा अघी बढाउनेछौं ।

कृतज्ञताको शक्ति

– कृतज्ञता भावले पहिलो कुरा त आफूलाई दुखी, चिन्तित, निराश हुनबाट रोकेर खुसी र आनन्द भावमा पुर्याउँछ ।

– सुखदुख, आरोहअवरोह हरेक अवस्थामा हामीलाई आत्मसंयमित बनाउँछ ।

– अझ महत्वपूर्ण कुरा त निरन्तरको यस्तो अभ्यासले हाम्रो जीवनमा एक पछि अर्को सकारात्मक घटना, वस्तु वा परिस्थिति आकर्षित गर्दै लैजान्छ । जसबाट हामीले आफ्नो जीवनमा चमत्कार घटित भइरहेको महसुस गर्न सक्नेछौं ।

दृष्टिकोण बदलौं

यदि हामी आफूलाई कमजोर आर्थिक अवस्था भएको र साधारण कृषक परिवारमा जन्मिएको कारण आफूलाई असक्षम मानेका छौं भने त्यस भावले हामी आफैंलाई अनन्त सम्भावना खोजी गर्नबाट सीमित बनाएको छ ।

यदि यस्तो हो भने आफूलाई प्रयाप्त शिक्षा उपलब्ध गराई बुबाआमाले आफ्नो जीवनलाई सही आकारमा हिँडाउनको लागि स्वतन्त्रता प्रदान गरेकोमा ऊहाँहरुलाई हृदय देखि नै कृतज्ञता व्यक्त गरौ । साथै सही बाटोमा हिँड्न कहिल्यै ढिलाई नहुने सम्झेर नयाँ ऊर्जा सहित कर्मपथमा निरन्तर अघी बढौं । सोचाईका सीमित विचार र भावनाहरुलाई आत्मनिरीक्षणको माध्यमबाट एक–एक गरेर भत्काएर आफ्नो लागि नयाँ गञ्तव्य तय गरौं ।

दृष्टिकोणमा साधारण बदलाव ल्याउँदा पनि हाम्रो जीवनमा असाधारण उपलब्धि हासिल हुने मानेर यस्तो अभ्यासमा आत्मा देखि नै संलग्न बनौं ।

आजको अभ्यास

१. आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका आफू भित्रका सबै सकारात्मक बुँदाहरु पढौं ।

२. त्यो सूचीमा कृतज्ञता प्रकटको लागि थप १० ओटा सकारात्मक बुँदाहरु थपौं । ती सबैलाई कम्तीमा एक पटक पढौं र हामी कृतज्ञ रहनुका कारणहरु सहित धन्यवाद व्यक्त गरौं ।

३. अघिल्लो दिन देखि हामीले दैनिक रुपमा प्रयोग गर्दै आएका हरेक वस्तुहरु प्रति सचेत रुपमा कृतज्ञता प्रकट गर्न शुरुवात गरेका छौं । यसलाई निरन्तरता दिउँ ।

४. दिन भर पनि सम्भव रहे सम्म आफूले प्रयोग गर्ने हरेक वस्तु प्रति कृतज्ञ रहने प्रयत्न गरौं ।

५. आज हामीले आफ्नो जीवनमा बदलाव ल्याउन प्रेरणा प्रदान गर्ने ३ जना व्यक्तिहरुलाई स्मरण गरौं । उहाँहरुको सहयोगले आफ्नो जीवनलाई अहिले सम्म आइपुग्नुमा कसरी सहयोग पुग्यो ? सूक्ष्म रुपमा विष्लेषण गरौं ।

६. सानो सहयोगले पनि व्यक्तिको जीवनमा दीर्घकालमा ठूलो प्रभाव पार्दो रहेछ भन्ने बुझेर अब कसैलाई हतोत्साहित नगर्ने बरु सक्दो प्रेरणा प्रदान गर्ने संकल्प लिउँ ।

७. कृतज्ञता अभ्यास सँगै दृष्टिकोण परिवर्तनलाई समेत आफ्नो जीवनको अभिन्न अङ्गको हिस्सा बनाउँ ।

८. राती ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु (कम्तीमा १० ओटा)लाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।

हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिन यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद ।

  • कमल पन्थी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij