२०८३ असोज २९ बिहिबार

Oct 15 2026 Thursday

  • २०८३ असोज २९ बिहिबार

२०८३ असोज २९ बिहिबार

अन्नतः सञ्जाल बन्द गर्ने निर्णयबाट पछि हट्यो सरकार, १९ जनाले गुमाए ज्यान 

अन्नतः सञ्जाल बन्द गर्ने निर्णयबाट पछि हट्यो सरकार, १९ जनाले गुमाए ज्यान 

  • मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । भदौ १९ गते मन्त्रीस्तरीय निर्णयमार्फत बन्द गरिएका सामाजिक सञ्जालहरू सोमबारदेखि पुनः सञ्चालनमा आएका छन्। मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध हटाउने निर्णय गरेपछि एक्ससहितका प्लेटफर्महरू खुलेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

सरकारले प्रतिबन्ध लगाएको निर्णयको बचाउ गर्दै मन्त्री गुरुङले आन्दोलन तीव्र बनेकाले रोक हटाइएको बताए। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक्स’ ले नेपालमा दर्ता नगर्ने अडान लिएर राष्ट्रिय स्वाभिमानमै चोट पुर्‍याएको उल्लेख गर्दै मन्त्रिपरिषदलाई ब्रिफिङ गरेका थिए।

तर, जेनजेड समूहको आन्दोलन चर्किँदा काठमाडौंमा १७ र इटहरीमा २ जनाको ज्यान गइसकेपछि चर्को दबाब झेल्न नसकी सरकार निर्णय फिर्ता लिन बाध्य भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij