२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

अनन्त शक्ति प्राप्तिका लागि योग

अनन्त शक्ति प्राप्तिका लागि योग

दीपक घिमिरे

सामान्य अर्थमा बुझ्दा योग भनेको जोड हो । हालका दिनमा स्वास्थ्य र जीवनशैली परिवर्तनमा व्यापक प्रचार हुँदै गएको योग के हो त ? पछिल्लो पुस्ताले शारीरिक अभ्यास वा क्रियाकलापलाई नै योगको रूपमा बुझ्ने गरेको पाइन्छ । योगलाई यति साँघुरो घेरामा सीमित गर्न सकिँदैन र गर्न मिल्दैन । योग आफैँमा व्यापक दायरा भएको क्षेत्र हो । शरीर, मन र आत्माबिचमा आपसी सामञ्जस्यता नै योग हो भनेर गरिने परिभाषाले योगको व्यापक अर्थलाई बुझाउन सक्छ ।

मानिसलाई योगसँग परिचित गराउन र जोड्नका लागि सुरुवाती चरणमा केही शरीर सञ्चालनका विधि सिकाइन्छ । प्राणायाम अर्थात् श्वासप्रश्वासका विधि (श्वासको नियमित तरिकामा ल्याइने विच्छेद) को माध्यमबाट आत्मा शान्तिको अनुभूति गराई शरीरलाई ऊर्जाशील बनाउन, मनलाई स्थिर राख्न र आत्मा अर्थात् चेतनाशक्ति अनुभूति गर्नका लागि योगले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यसका लागि निश्चित विधि अवश्य अवलम्बन गर्नु पर्छ ।

योगलाई शारीरिक अभ्यासको रूपमा मात्रै बुझ्दा यसले दिनुपर्ने सन्देश अधुरै रहन सक्छ । यस कारण समष्टिगत रूपमा शारीरिक रोगहरू एवं मानसिक तनावबाट टाढा रहन, हाम्रा व्यावहारिक जीवनका भौतिक आकाङ्क्षाहरू पूरा गर्न र समाजको उदाहरणीय पात्र बन्नका लागि योगले निकै महìवपूर्ण भूमिका निर्वाह गर्न सक्छ । मानिससँग मस्तिष्कीय क्षमता अनन्त रहन्छ । योगले मानिसलाई सीमित मस्तिष्कीय दायराबाट अनन्त शक्तितर्फ अगाडि बढ्नसमेत प्रेरित गर्छ । योगमा अपनाइने विभिन्न विधिहरू, प्राणायाम, आत्मसुझाव, एकाग्रतालगायतले शरीरलाई आत्मासँग जोड्न सहयोगी भूमिका निर्वाह गरेको हुन्छ ।

योग पूर्वीय दर्शनबाटै विकास भएको हो । यस कारण पूर्वीय दर्शनमा योगको विशिष्ट स्थान छ । पूर्वीय दर्शन अन्तर्गतका केही पुस्तकको सूक्ष्म अध्ययन ग-यौँ र सार तत्व जान्ने प्रयत्न ग-यौँ भने हामीले चाहेको उपलब्धि प्राप्तिका लागि हाम्रो सोचविचारको तौरतरिकामा बदलाव ल्याउनुपर्ने र यसका लागि ऊर्जाशील शरीर र शान्त मनस्थिति आवश्यक रहने बताइएको छ, जुन स्थिति आफैँमा योगमय स्थिति हो ।

पूर्वीय ऋषिमुनि र योगीहरूले योगबलकै कारण अनन्त शक्ति र असीमित ज्ञान एवं दर्शन प्राप्त गरी विश्वलाई सद्मार्गमा हिँड्ने बाटो देखाएका छन् । यसैकारण ज्योतिषशास्त्र, आयुर्वेदलगायत ग्रन्थहरू हाम्रा लागि मार्गदर्शक नै बन्दै आएका छन् । अहिले हजारौँ वैज्ञानिकले कठोर अनुसन्धानबाट प्राप्त गर्ने नतिजा (ज्ञान) एउटै योगीले योगसाधनाबाट प्राप्त गरेका छन् । अब प्रश्न उठ्न सक्छ, के यो अहिले पनि सम्भव छ त ? अनि योगी, मुनिहरूबाट हामीले लिन सक्ने सन्देश के हुन सक्छ त ? जुन विधिहरू योगीले अपनाए, ती सबै विधि अहिलेको आधुनिक पुस्तालाई अपनाउन सहज अवश्य हुँदैन । यद्यपि व्यस्त समयका बाबजुद जे–जति विधि अपनाउन सकिन्छ, त्यसबाट अवश्य पनि लाभ हासिल गर्न सकिन्छ । धर्मदर्शन र ऋषिमुनिबाट लिनुपर्ने मुख्य सन्देश भनेको बानी, व्यवहार र जीवनशैलीमा परिवर्तन ल्याउन सकेको खण्डमा हामीले प्राप्त गर्ने नतिजामा पनि अवश्य परिवर्तन आउन सक्छ ।

हामी हरेक क्षण कुनै न कुनै क्रियाकलापमा संलग्न भएकै हुन्छौँ । यद्यपि हामीले गर्ने हरेक काम सचेत अभ्यासबाट गरेका छौँ वा विगतमा हामीमा विकास भएका बानी व्यवहार र चरित्रबाट निर्देशित भएर गरेका हुन्छौँ । हाम्रो सफलता स्तर यसैमा निर्धारित हुने गर्छ । यस कारण हामीले कुनै काम सचेत तवरले गर्न सकेको खण्डमा विगतका गलत क्रियाकलाप पनि बिस्तारै–बिस्तारै हामीबाट न्यूनीकरण हुँदै जान्छन् भने सकारात्मक बानी र व्यवहार विकास हुँदै जान्छन् ।

हिन्दु दर्शनमा प्रार्थनाको व्यापक प्रयोग हुँदै आएको छ । यस्तो प्रार्थना अधिकांश मानिसले कठिन स्थिति अर्थात् प्रतिकूल परिस्थितिमा गर्छन् । प्रार्थना किन कठिन अवस्थामा मात्रै गरिन्छ त ? के प्रार्थनाले साँच्चै काम गर्छ त ? के प्रार्थना गर्ने कुनै निश्चित विधि एवं तौरतरिका पनि छन् कि ? आखिर प्रार्थना सहज स्थितिमा किन गरिँदैन ? भन्ने प्रश्न उठ्नु पनि स्वाभाविक हुन्छ । यी प्रश्नको उत्तर खोज्नुभन्दा पहिले प्रार्थना के हो ? भन्ने उत्तर खोजौँ । साधारण अर्थमा प्रार्थना हाम्रो सचेत मन र अवचेतन मनबिचको अन्तर्क्रिया हो भनी बुझ्नु पर्छ, जुन हाम्रो सचेत अभ्यासबाट सुरु भई हाम्रो अनन्त चेतनासम्म पुगेर हामीले चाहेको उत्तर खोजेर फर्कने गर्छ । चेतन मस्तिष्कको शक्ति सीमित छ । यसले विचार, तर्क, गणितको आधारमा गर्छ । यसरी नै अवचेतन मस्तिष्क अनन्त शक्ति सम्पन्न छ । भावना, कल्पना र संवेगबाट निर्देशित हुने अवचेतन मनमा हरेक प्रश्नको उत्तर यहीँ लुकेको हुन्छ ।

सहज स्थितिमा हामी अधिकांशलाई परिस्थिति वा घटनाक्रम आफैँमा सहज लाग्छन्, जसले गर्दा अनन्त भण्डारबाट जवाफ खोजिरहनुपर्ने आवश्यकता नै रहँदैन । साधारण जवाफका लागि हाम्रो बौद्धिक क्षमता नै पर्याप्त हुन्छ । जब परिस्थिति असहज बन्छ, त्यसबेला हाम्रो बुद्धिले सही तवरले काम गर्न सक्दैन । के सही हो र के गलत हो भन्ने कुरा मस्तिष्कले पत्ता लगाउन सक्दैन । यस्तो स्थितिमा हाम्रो सहारा केवल हामीले विश्वास गर्दै आएको अदृश्य शक्ति (प्रकृति वा परमेश्वर वा अनन्त शक्ति) मात्रै हुने गर्छ । यसरी चेतन मस्तिष्क निष्क्रिय भएको यस्तो अवस्थामा हाम्रो मस्तिष्कमा सचेत रूपमा पुगेको सन्देश सिधै अवचेतन मस्तिष्कमा पुग्ने गर्छ, जहाँ हरेक प्रश्नको उत्तर हुन्छ र हरेक सम्भावना लुकेका हुन्छन् । यसै कारण हामी अधिकांशले कठिन परिस्थितिमा नै प्रार्थनाको सहारा लिँदै आएका छौँ । प्रार्थना गर्न प्रतिकूल स्थिति नै कुर्नु पर्छ भन्ने हुँदैन । परिस्थिति सहज रहेको अवस्थामा समेत हामीले थप प्रगतिका लागि प्रार्थना अर्थात् ‘भिजुअलाइज टेक्निक’ र आत्मा सुझावको सहारा लिई हाम्रो अवस्थालाई माथि उठाउन सक्छौँ । चेतन र अवचेतनबिच सही तवरले अन्तव्रिर्mया हुन सक्ने गरी गरिएका हरेक प्रार्थनाको उत्तर हामी अवश्य प्राप्त गर्न सक्छौँ । यसका लागि निश्चित विधि वा तरिका राम्रोसँग अभ्यास गर्नु पर्छ । हाम्रो अवचेतनले जुन कुरा सत्य मान्छ, त्यसलाई भौतिक उपलब्धिमा बदल्नका लागि कुनै न कुनै माध्यम अवश्य पहिचान गर्न सक्छ । यस कारण भौतिक एवं अभौतिक दुवै सफलता एवं उपलब्धिका लागि योग सहायक हुन सक्छ ।

विगत दुई/तीन दशक पहिलेदेखि रोगका प्रकृति बदलिएका छन् । विगतका दशकमा मानिसलाई लाग्ने रोग अधिकांश सरुवा अर्थात् एक व्यक्तिबाट अर्कोमा सर्ने किसिमका हुन्थे, जुन खराब पानी वा सडेगलेका खाना एवं बाह्य वातावरणको कारण सिर्जना हुन्थे । अहिले नसर्ने रोगबाट अधिकांश मानिस सिकार हुँदै आएका छन् । सुगर, ब्लड प्रेसर, दम, एन्जायटी, अवसादलगायत अधिकांश समस्या हाम्रो आफ्नै जीवनशैलीको कारण सिर्जना हुने समस्या हुन् । यी समस्या आहार, विहार र विचार अर्थात् खानपान, बाह्य वातावरण, साथी, सङ्गतका परिणाम भएको कुरा मेडिकल डाक्टरले नै भन्दै आएका छन् । यस कारण हाम्रो सोचविचार र बानी व्यवहारमा परिवर्तन ल्याउनका लागि योगिक एवं प्राकृतिक जीवनशैली अवलम्बन गर्नु निकै महत्वपूर्ण हुन्छ । कुनै दीर्घकालीन रोगले आक्रमण गरिसकेपछि मात्रै हामी स्वास्थ्यमा सचेत बन्ने गरेका छौँ । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने उपाय अवलम्बन गर्नु पर्छ । योगले नै हाम्रो समाजलाई स्वस्थ र समृद्ध बनाउन सक्छ ।

गोरखापत्रमा ६ असार २०८० मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij