२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

अध्यात्मिक चिन्तन र सोसियल डिस्टेन्सिङ्ग

अध्यात्मिक चिन्तन र सोसियल डिस्टेन्सिङ्ग

निलिमा गुरुङ मिस नेपाल-१९९७ हालै विश्वलाई त्रसित बनाइरहेको कोरोना महामारीको औषधि अहिले सम्म बनेको छैन । त्यसैले यो रोग बाट बच्ने एक मात्र उपाय सोसियल डिस्टेन्सिङ्ग भन्दै विश्वभरका सरकारले आफ्नो जनतालाई यहि आग्रह गरिरहेका छ्न  ।

हामी जिम्मेवार नागरिकहरु पनि सोसियल डिस्टेन्सिङ्गको मुल मन्त्रलाई पालना गर्दै  यस महामारी चेनलाई तोडि फेरी नौलो बिहानी पर्खाइमा छौं । लक डाउनको समयमा सामाजिक सञजालभर धेरैको गुनासो यहि बुझ्नमा आयो कि कति सुत्ने कति खाने कति मोबाईल चलाउने भन्दै गुनासो पोख्ने एक हुल नै छन् । भगवत् अनुरागीहरुको लागि यो लकडाउन अमृतमय पल बनिरहेको छ । यसै सन्दर्भमा मेरो सद्गुरुदेबको अमृतमय वाणीलाई  स्मरण गर्दै मनभित्र चलेको भावको लहरहरुलाई गुरु चरणमा बिसर्जन गर्ने जमर्को गर्दैछु।

यस लक डाउन भित्र पर्न गएको राम नवमीमा हामी साधकहरुले एकाग्र  भएर रामायण पाठ गर्ने सुअवसर प्राप्त गर्यौ जुन आफैमा अलौकिक दिब्य क्षण थियो। कतिले एकान्तमा लाखौं संख्यामा भगवान नाम जाप गरे त कति ले एकान्तमा महायोग साधना मार्फत आफ्नो चेतनालाई उजागर गरे।

कोहि यसलक डाउनको समयमा राम नाम अक्षरमा उतार्दै छ्न त कति आफ्ना अध्यात्मिक चिन्तनलाई कलम मार्फत पोख्दै छ्न। जब सम्म आफ्नो दिन भने अनुरुप बिलासी बन्यो तब कुरा भौतिक विज्ञानसँग जोडी रम्ने संसारिक मानबहरु जब अचानक संकटको बादलले ढाक्नु थाल्छ बल्ल भगवानको चिन्तन गर्ने सद्बुद्दी प्राप्त हुन्छ।

त्यसैले भनिरहेका होला कि भक्तलाई भगवान पाउन सजिलो छ तर भगवान लाई भक्त पाउन गारो हो। भगवान भन्नू हुन्छ तिमी एक कदम पाईला अगाडि आउ म सात कदम पाइला अगाडि बड्नेछु ।

शास्त्रले भनेको छ कि त्रेता युगमा कैयौं बर्ष गरेको तपस्या र द्धवापर युगमा गरेको अनेकौं यज्ञको फल कलियुगमा एक दिन भगवानको नाम जप्नु बराबर फलदायी भएकोले महा पुरुषहरु कलियुग लाई श्रेष्ट मान्दछ्न भने अर्को नकारात्मक पक्ष कलिमा जीवलाई कलिको प्रकोपबाट बच्न सहज नभएको पनि बताउँछन् । जब भगवान कृष्ण आफ्नो लीला सकि धाम प्रस्थान गर्नुभयो तब द्वापर युगको अन्त्य भै कलि युगको सुरुवात भएको बुझिन्छ।

एक दिन पराक्रमी राजा परिक्षीतले धर्मरुपि साढेमाथी कलिले दुव्र्यवहार गरेको देखेर त को होस तेरो म आज अन्त्य गर्छु भनी मार्नु लाग्दा कलिले माफी माग्दै अबको युग उनको भएको जानाकारी दिएपछि राजाले कलिलाई बस्न ५ स्थान  मदिरा र धुम्रपान गर्ने स्थान, जुवा खेल्ने स्थान, बेश्याबृत्ती गर्ने स्थान, हिंसा  (अर्थात मान्स भक्षन गर्ने स्थान)  र आवश्यक भन्दा बढि धन भएको स्थान ।

भगवान भन्नू हुन्छ कि मैले फुलसँग काँटा बनाए ताकी फूलको सुन्दरता मुल्यलाई बुझुन भनेर त्यस्तै दिनसँग रात पनि बनाए तब त दिन र रातको फरक सम्झे,विषबनाए, तब पो अमृत को महत्व बुझे। भगवान फेरि भन्नुहुन्छ कि मैले मनुष्य बनाये तर मानव ईतिहास बनाउने मैले उसैको हातमा छोडिदिए ।

यो सब कर्मको परिक्षा हो र मैले मनुष्यलाई बुद्धी र विवेकपनि त दिएको छु। आज भगवानबाट प्राप्त त्यहि बुद्धि र विवेकको सदुपयोग नहुँदा प्रकृतिले मानव जातिलाई कोरोना रुपि महामारीको सजाय दिएकी छिन।

भगवान यो पनि भन्नुहुन्छ  छ कि जब मनुष्य बिबेकहिनको  पराकाष्ठामा पुग्दछ तब धर्म को रक्षा गर्न हेतु म फेरि धर्तिमा जन्म लिनेछु।

सोसियल डिस्टेन्सिङ्ग हरेक ती स्थानहरुसँग राख्न सिकाउनु हुन्थ्यो जहाँ कलि हाबी हुने प्रबल सम्भावनाहरु थिए ।  त्यो भन्दा पनि अमुल्य उपदेश साधकहरुलाई साधनाको अनुभूतिलाई पनि सोसियल डिस्टेन्सिङ्ग मै कायम राख्नु पर्ने खबर्दारी नगराउनु भए होईन।

गुरुदेबको कृपा स्वरुप आज उनका चेला चेलीका सन्ततीहरु, सस्कंरी छ्न।

धेरै बर्ष अगाडि जब भारतमा कांग्रेस सरकार थियो तब अयोध्यामा बाबरी मस्जित काण्डमा कैयौं साधुहरुलाई  गोलीप्रहार गरि मरिएको थियो ।

त्यस्तै ईतिहास फेरि पनि दोहोरिन्दैन भन्न सकिन्दैन किन भने आज एक महान सन्तलाई बलात्कारको प्रमाण नहुँदै पनि उच्च अदालतले जिल्ला अदालतले गरेको निर्णयलाई अवज्ञा गर्दै अर्को निर्णय नआए सम्मको लागि जेल चलान गराए ।

हरेक युगमा सत्य डगमगाएनन्, डगमगाउन छैन र यो धर्मको लडाई हो र हामी धर्मको रक्षा हेतु निरन्तर लड्ने छौ। त्यो सुनौलो दिन अवश्य फिर्नेछ जब फेरि सत्यको जीत हुनेछ ।  अरुको अगाडि झुक्न नखोज्ने शक्तिशाली रास्ट्र अमेरिका जो एक समयमा सारा नेपालिको dream land हुने गर्दथ्यो भने आज सम्सानघाट मा परिणत हुँदै छ। काया पलट हुनु केही समय लाग्दो रहेनछ त्यसैले भनियेको होला कि समय भन्दा बलवान् कोही हुदैन।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij