२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

त्रिभुवन विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली

त्रिभुवन विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालनमा आफूले कुनै हस्तक्षेप नगरेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै उनले उपकुलपतिले नै विश्वविद्यालय चलाउने स्पष्ट पारे । आफूले हस्तक्षेप गरेको भनेर भएका प्रचारमा कुनै सत्यता नरहेको उनको भनाइ थियो ।

मेरिटोक्रेसीमा प्रश्न उठ्न नहुने धारणा राख्दै प्रधानमन्त्री ओलीले साना कुरामा नअल्झिएर विश्वविद्यालयलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij