२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको हो।

एनपीएलमा यी दुवै टोलीले हालसम्म चार/चार खेल खेलिसकेका छन् । जसमा जनकपुर अपराजित छ भने सुदूरपश्चिम एक खेलमा पराजित भएको छ।

जारी लिगमा जनकपुर शीर्ष स्थानमा छ भने सुदूरपश्चिम दोस्रो स्थानमा रहेको छ। दुई टोलीबीचको प्रतिस्पर्धा अहिले ९ बजे सुरु हुनेछ। लिगमा अपराजित रहेको जनकपुर लगातार पाचौँ जित हासिल गर्ने दाउमा छ। यता सुदूरपश्चिम चौथो जितको खोजिमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij