२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

ऐरीको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको चुनौतीपूर्ण लक्ष्य

ऐरीको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रहारसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई एक सय ८३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८२ रन बनायो ।

यो योगफल जारी लिगको सबैभन्दा ठूलो योगफल हो । यसअघि सोमबार भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध एक सय ४१ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका लागि दीपेन्द्रले २४ बलमा पाँच छक्का र तीन चौकाको सहयोगमा अविजित ५७ रन बनाउनुभयो । यस्तै ब्रान्डन म्याकमुलेनले ३६, विनोद भण्डारीले २३, इशान पाण्डेले २१ र सेफ जैफले १४ रन बनाउनुभयो ।

बलिङमा विराटनगरका लागि अनिल खरेलले तीन विकेट लिनुभयो । यस्तै क्रिस सोले, इस्मत अलाम र बसिर अहमदले एक एक विकेट लिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij