२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

जाजरकोटको नलगाड नगरपालिकामा माओवादीको जित

जाजरकोटको नलगाड नगरपालिकामा माओवादीको जित

काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवका लामिछाने विजयी भएकी छन्। उनी ४ हजार २७२ मत ल्याएर विजयी भएकी हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार इन्द्रा चन्द सिंहले ३ हजार १४७ पाइन् । नेकपा एमालेका उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ ल्याइन्। रास्वपाकी उम्मेदवार पार्वती पुनले १७९ मत पाउँदा राप्रपाकी उम्मेदवार सुनिता पुन रावलले ५८ मत प्राप्त गरिन् ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसकी सरिता सिंह विजयी भएकी थिइन्। २०८० कात्तिकमा जाजरकोटमा आएको भूकम्पमा परी सिंहको निधन भएपछि रिक्त पदपूर्ति गर्न नलगाड नगरपालिकामा अहिले उपनिर्वाचन भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij