काठमाडौं । एसीसी यू-१९ एसिया कपअन्तर्गत आज आफ्नो पहिलो खेलमा नेपाल श्रीलंकासँग भिड्दै छ। दुई टोलीबीचको खेल युएईको सारजहा क्रिकेट स्टेडियमा १०:४५ बजे सुरु हुने छ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल बलियो टोली श्रीलंकाको सामना गर्न लागेको हो। नेपाली टोली हेमन्त धामीको कप्तानीमा मैदान उत्रनेछ। कुल आठ देश रहेको प्रतियोगितामा नेपाल समूह बी मा छ।
नेपालको समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्। एसिया कपमा नेपालले दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij