काठमाण्डाै । सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत महसुलको विवाद समाधानका लागि गठित जाँच बुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेअनुसार उर्जा मन्त्रालयले सोमबार प्रतिवेदन सार्वजनिक गरेको हो ।
डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत महसुलको विवाद समाधानको सिफारिस गर्ने कार्यादेशसहित सरकारले २०८० पौष २४ गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीश चन्द्र लालको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले टीओडी मिटरको तथ्यांकका आधारमा उद्योगीसँग महशुल उठाउनु उचित हुने सिफारिस गर्दै प्रतिवेदन बुझाएको थियो । तर, हालसम्म प्रतिवेदन सार्वजनिक भएको थिएन । गत बैशाखमै आयोगले बुझाएको प्रतिवेदन बल्ल सार्वजनिक भएको हो । आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्रालयले साेमबार पत्रकार सम्मेलन गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो।
हेर्नुस् प्रतिवेदनको पूर्णपाठ
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij