२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

काङ्ग्रेस जनसम्पर्क समन्वय समितिमा समेटिए स्वच्छ छविका व्यक्तिहरु राजु र कृष्ण

काङ्ग्रेस जनसम्पर्क समन्वय समितिमा समेटिए स्वच्छ छविका व्यक्तिहरु राजु र कृष्ण

  • शनिबार, कार्तिक २४ २०८१

काठमाडाैं । नेपाली काङ्ग्रेसले जनसम्पर्क समन्वय विभागमा थप व्यक्तिहरुलाइ मनाेनित गरेकाे छ । 

पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसकाे विधान २०१७ (शंशाेधन सहित)काे धारा २५-९ बमाेजिम किरणराज शर्मा पाैडेलकाे संयाेजकत्वमा २८ जना व्यक्तिहरुलाइ मनाेनयन गरेकाे छ ।

पार्टी सभापतिबाट मनाेनित हुनेहरुमा राजु केसी, कृष्ण प्रसाद अधिकारी,नरेन्द्र बहादुर भाट, सुनिता जिसी लगायत रहेका छन् ।

रुकुम स्थायी घर भएका राजु केसी र अर्घाखाँची स्थायी घर भएका कृष्ण प्रसाद अधिकारी लामाे समय देखि काठमाडाैंमा रही सामाजिक एवं राजनीतिक लगायतका गतिविधिहरुमा संलग्न रहँदै आएका व्यक्तिहरु हुन् ।

आफ्ना विभिन्न गतिविधिहरुकाे माध्यमबाट आफ्नाे छवि उच्च बनाउन सफल केसी र अधिकारीले पार्टीकाे तर्फबाट आफूहरुलाइ प्राप्त भएकाे जिम्मेवारीलाइ निकै जिम्मेवार तवरले सम्पन्न गर्न आफूहरु पूर्ण समर्पित रहने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij