२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

ग्राफिक डिजाइनको लागि सजिलो अनलाइन टुल्स ‘क्यान्भा’

ग्राफिक डिजाइनको लागि सजिलो अनलाइन टुल्स ‘क्यान्भा’

  • सोमबार, असोज २८ २०८१

 

ग्राफिक्स डिजाइनको लागि यो एक महत्वपूर्ण टुल्स हो । क्यान्भाको प्रयोगबाट हामीले दैनिक साधारण प्रयोजनको अलावा कार्यालय प्रयोजनका लागि समेत थुप्रै डिजाइनिङ कामहरु सहज ढङ्गबाट सम्पन्न गर्न सकिन्छ । यसका निःशुल्क (फ्रि) र सःशुल्क (पेड) दुवै भर्सनहरु उपलब्ध छन् ।

विभिन्न फम्र्याटहरु सपोर्ट गर्ने यस टुल्सलाई वेभ र एप दुवै प्लेटफर्मबाट सञ्चालन गर्न अर्थात चलाउन सकिन्छ । मोबाइलबाट समेत चलाउन सकिने यस टुल्सको मुख्य लाभ भनेको पहिले नै निर्माण गरिएको फम्र्याटमा इडिट अर्थात् कस्टमाइज गरेर आफ्नो इच्छा अनुसारको डिजाइन निर्माण गर्न सकिनु हो । पेड भर्सन अन्तरगत शेयरिङमा क्यान्भाको एक्सेस लिने हो भने नेपाली बजारमा विशेष छुट सहित यसरी एक्सेस पाउन सकिने अवसर रहन्छ ।

क्यान्भाको प्रयोग गरेर सामाजिक सञ्जालको लागि आवश्यक पर्ने भिडियो, सर्ट, रिल, ब्यानर, फोटो इडिट, थमनेल एवं पोष्टरहरुको अलावा सबै किसिमका डिजाइनिङ कार्य गर्न सकिन्छ ।

कसरी प्रयोग गर्ने ?

क्यान्भाको प्रयोगको लागि वेभ ब्राउजरबाट www.canva.com  लगइन गरौं । अब यस भित्र रहेका होम, प्रोजेक्ट, टेम्प्लेट, एप्स लगायतका अप्सनहरु हामीले देख्न पाउनेछौं । नयाँ डिजाइन निर्माण गर्नको लागि ‘क्रियट न्यू डिजाइन’मा क्लिक गर्नुपर्छ ।

क्यान्भाको मुख्य लाभ भनेको हामीले ग्राफिक्स डिजाइनका प्रोफेसनल सफ्टवेयरहरुको गहिरो ज्ञान नभएपनि आफ्नो लागि आवश्यक पर्ने डिजाइन आफैंले कस्टमाइज गरेर निर्माण गर्न पाइनु हो । साथै क्यान्भाका अधिकांश डिजाइनहरु रोयल्टी फ्रि समेत छन् ।

यसमा युट्युब भिडियो, युट्युब थमनेल, डकुमेन्ट, ह्वाइटबोर्ड, प्रिजेन्टेसन, सोसल मिडिया, भिडियो, वेभसाइट लगायत के–के कामको लागि हामीलाई कन्टेन्ट डिजाइन आवश्यक पर्ने हो, सोही बमोजिमको फम्र्याट छनौट गर्न सकिन्छ । यसबाहेक अन्य साइजका डिजाइन समेत ‘कस्टम साइज’बाट निर्माण गर्न सकिन्छ ।

हामीले क्यान्भामा पहिले निर्माण गरेका डिजाइनहरु पछिको लागि समेत सुरक्षित रहने गर्दछन् । क्यान्भाको प्रयोगको लागि इन्टरनेट कनेक्सन भने निरन्तर भइरहनुपर्छ ।
क्यान्भामा आफ्नो डिजाइन तयार भइसकेपछि आफ्नो आवश्यकता अनुसारको गुणस्तर र रिजोलुसनमा आवश्यकता अनुसारको फम्र्याटमा उक्त डिजाइनलाई एक्सपोर्ट गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij