२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

विश्वव्यापी प्रयोग भइरहेको जीपीएस वास्तवमा के हो ?

विश्वव्यापी प्रयोग भइरहेको जीपीएस वास्तवमा के हो ?

Rear view of woman driving car and touching screen of navigation system

काठमाडौँ । जीपीएस अर्थात् ग्लोबल पोजिसनिङ सिस्टम, यसलाई वैश्विक स्थान निर्धारण प्रणाली भनिन्छ। अमेरिकी नेभिगेसन प्रणालीलाई जनाउने यस प्रणालीलाई विश्वव्यापी नेभिगेसन उपग्रह प्रणाली वा रिसिभरको साथ जीपीएसको नामले पनि चिनिन्छ। यो उपग्रह प्रणालीले कम्तीमा २४ उपग्रह, एक रिसिभर र एल्गोरिदमको प्रयोग गर्छ।

यसले स्थान, वेग र समयलाई एउटै लयमा ढाल्छ। यो प्रणाली उपग्रह, ग्राउन्ड स्टेसन, रिसिभर र प्रयोगकर्ता मिलेर बनेको हुन्छ। यो प्रणालीमा उपग्रहले नक्षत्रका ताराहरूले जस्तै काम गर्छ। यसमा मोबाइल फोनजस्तै एक रिसिभर हुन्छ, जसले उपग्रहबाट आएका सङ्केतलाई अभिलेख गर्नुका साथै सङ्केत एकअर्काबाट कति टाढा रहेका छन् र त्यसको दूरी कति छ भनेर गणना गर्छ। त्यही गणनाका आधारमा कुनै पनि ठाउँको अवस्थिति पत्ता लगाउन सकिन्छ।

अमेरिकाको रक्षा विभागले सबैभन्दा पहिले जीपीएसको प्रयोग गरेको थियो। जीपीएसलाई सन् १९८३ पछि मात्र सार्वजनिक गरिएको थियो। सन् १९९० को शुरूमा जीपीएस सेवा मूलरूपमा मानव स्थिति सेवामा विभाजित गरिएको थियो, जुन मुख्यरूपमा जनताका लागि डिजाइन गरिएको थियो। त्यही समयमा सेनाले सैनिक स्थिति पत्ता लगाउन यसलाई प्रयोगमा ल्याएको थियो।

जीपीएसको महत्व र प्रयोग

जीपीएसले जस्तोसुकै समय र मौसममा काम गर्छ। यो उपकरण जल, स्थल र हवाई यात्राका लागि उपयोगी हुन्छ। जीपीएसका प्रयोग मुख्यरूपमा पाँच प्रकारले गरिन्छ। को कहाँ छ , वा कुन वस्तु कहाँ पुगेको छ त्यसको अवस्थिति पहिचान गर्न, एक स्थानबाट अर्को स्थान जान वा पुग्न, वस्तु वा व्यक्तिको अनुगमन गर्न, विश्वको नक्सा तयार गर्न र वास्तविक समय पत्ता लगाउन जीपीएसको प्रयोग गरिन्छ।

विश्वभरि नै विशेषगरी सवारी साधनको अवस्था, राष्ट्रिय निकुञ्जका जलचर र थलचरको वन्यजन्तुको अवस्थालगायत क्षेत्रमा जीपीएसको प्रयोग भइरहेको छ। त्यसैगरी, हवाई सुरक्षाको अवस्थाबारे जानकारी लिन र त्यसको गतिविधि अनुगमन गर्न जीपीएसको प्रयोग गरिन्छ।

नेपालको सन्दर्भमा कुरा गर्दा जीपीएसको व्यापक प्रयोग बढेको छ। ठुलाठुला शहरमा सवारी साधनमा यस प्रविधिलाई उपयोग गरी यात्रुलाई सेवा दिइरहेका हुन्छन्। निजी सेवा प्रदायक निकायले काठमाडौंलगायत ठुला शहरमा यस्ता सेवा दिइरहेका छन्।
यस्तो सेवा प्राप्त गर्न गर्ने सेवा प्रदायक निकायमा सर्च गरेर अर्डर दिइन्छ। यसरी अर्डर दिनासाथ जीपीएसको सहायताले ती सवारी साधन हामी भएको ठाउँमा आइपुग्छन् र जान खोजेको ठाउँमा हामीलाई पु¥याइदिन्छ।

एनड्रोइड मोबाइलमा पनि जीपीएसको सुविधा हुन्छ। त्यो सुविधा प्रयोग गरेर कुनै अत्यावश्यक सेवाको अवस्थिति थाहा पाउन र आवश्यक सेवाका लागि अनुरोध गर्न सकिन्छ। यसको अतिरिक्त जीपीएस धेरै कामका लागि उपयोगी प्रविधि हो। यसको प्रयोग उद्योगहरूको सर्वेक्षण र नक्सा तयार गर्न, समय मापन गर्न, अवस्थिति वा स्थान पहिचान गर्न, र सवारी साधनलाई नेभिगेट गर्न प्रयोग गरिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij