२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

नेपाली जुत्ताचप्पलकाे उत्पादनले अधिकांश माग धानिने अवस्थामा

नेपाली जुत्ताचप्पलकाे उत्पादनले अधिकांश माग धानिने अवस्थामा

नेपाल छाला जुत्ता उत्पादक संघले छालाका जुत्ता तथा चप्पलको बजारमा ६० प्रतिशत हिस्सा नेपाली उत्पादनले ओगटेको जनाएको छ। संघले केही वर्ष अघिसम्मको पूर्ण परनिर्भरतालाई तोड्दै मागको ६० प्रतिशत खपत स्वदेशी उत्पादनबाट हुने दाबी गरेको हो।
नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा सुरु छैठौँ राष्ट्रिय छाला जुत्ता प्रदर्शनीको सन्दर्भमा संघका अध्यक्ष जीवन नेपालीले भने ‘केहि वर्ष अघिसम्म हाम्रो अवस्था निकै नै दयनीय थियो, एक दुई उद्योग मात्र बजारमा अस्तित्वमा थिए। तर त्यसलाई चिर्दै आज देशभरी चार सय बढी उद्योगमार्फत मागको ६० प्रतिशत स्वदेशी उत्पादनले धान्न सक्ने अवस्था आएको छ ।’
उनले सरकारले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई आवश्यक कच्चा पदार्थ आयातमा भन्सार छुट दिएर स्वदेशी वस्तु प्रवद्र्धनको नीति लिएमा हालको उत्पादलाई बढाएर केही वर्षको अन्तरालमै पूर्ण आतनिर्भर बनाउन सकिने समेत जिकीर गरे।
सरकारले बाहिरबाट आयत हुने जुत्तालाई निरुत्साहित गर्दे नेपाली उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर निजामति कर्मचारीलाई अनिवार्य नेपाली वस्तुको प्रयोग गर्नुपर्ने नियम लगाउनु पर्ने उनले बताए।
हिजोबाट सुरु राष्ट्रिय छाला जुत्ता प्रदर्शनीमा विभिन्न स्वदेशी कम्पनीका ४० भिन्न स्टल रहेका छन्। हरेक जुत्ताको खरिदमा १५ देखि २५ प्रतिशत छुट तथा ६ महिना वारेन्टी दिइएको आयोजकले जनाएको छ।
युवा पुस्ता लक्षित यस प्रदर्शनीमा छालाजन्य क्याजुअल, स्पोर्टस लगायतका विभिन्न डिजाइनका जुत्ता चप्पल राखिएको संघका अध्यक्ष नेपालीले बताए। उनले भने, ‘गुणस्तरका हिसाबमा नेपाली जुत्ता कुनै पनि विदेशी ब्राण्डभन्दा कम छैन, त्यसैले हामी सबैले मिलेर नेपाली उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij