नेपाल सरकारले मदिरा काराेबारकाे निम्ति नयाँ व्यवस्था लागे सँगै देशभरका मदिरा व्यवसायी अान्दाेलनकाे तयारीमा छन् । बुधबार काठमाडाैंका मदिरा व्यवसायीहरू सामुहिक तथा छुट्टाछुट्टै भेला गरेर अान्दाेलनकाे तयारी बारे छलफल गरेका छन् । काठमाडाैं मदिरा व्यवसायी संघ राज्यले ल्याएकाे नयाँ व्यवस्थाले व्यवसाय धराशयी भइ व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था अाएकाे भन्दै कडा अान्दाेलनमा उत्रिनुपर्ने चेतवना दिएका छन् ।
नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसी, नेपाल मदिरा व्यवसायी महासंघका निवर्तमान अध्यक्ष नवीनलाल श्रेष्ठ, नेपाल मदिरा व्यवसायी महासंघका उपाध्यक्ष खिम बहादुर खड्का, नेपाल मदिरा व्यवसायी संघ काठमाडाैंका अध्यक्ष साेनाम शेर्पा, महासचिव राजन के.सी., उपाध्यक्ष गाेविन्द वराल लगायतकाे समूहले राज्य पक्षलार्इ निर्णय फिर्ता लिएर र व्यवसायीहरूलार्इ डरत्रासबाट मुक्त गर्नकाे निम्ति अाग्रह गरेका छन् ।
मदिरा व्यवसायी संघ काठमाडाैंले जारी गरेकाे प्रेस विज्ञप्ति (पूर्ण पाठ सहित)
आदरणीय मदिरा व्यवसायी मित्रहरु मिति २०७३ फाल्गुन ११ गते कान्तिपुर राष्ट्रिय दैनिकमा “राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति नेपाल सरकार मन्त्री परिषद् द्वारा पारित भन्ने शिर्षकमा प्रकाशित समाचारले] मदिरा व्यवसायी संघ, काठमाडौँको गम्भीर ध्यानाकर्षण भएको छ ।
एकातिर पसल संचालन गर भनि दर्ता दिने तर व्यवसाय संचालन गर्नको लागि असहज परिस्थिति सिर्जना गर्ने यस अलोकतान्त्रिक निर्णयले सयौंको संख्यामा रहेको उद्योग, २०सौं हज्जारको संख्यामा भएका व्यापारी व्यवसायी र त्यसमा आश्रित लाखौंको संख्यामा भएका रोजीरोटी धरासायी भई नागरिकको बाच्न पाउने एवं जीविकोपार्जन गर्न पाउने अधिकार माथि अवरोध गर्ने घातक र नियोजित निर्णय बिरुद्द मदिरा व्यवसायी संघ काठमाडौँ घोर भर्त्सना एवं निन्दा गर्दछ . साथै काठमाडौँमा रहेका सम्पूर्ण मदिरा व्यवसायी साथीहरुलाई{ कडा आन्दोलनका लागि तयारी अवस्थामा रहन हार्दिक अनुरोध गर्दछौँ ।
उक्त निर्णय अविलम्ब फिर्ता लिई मदिरा व्यवसायीलाई व्यवस्थित बनाउनको निम्ति तय गरिने सबै निर्णयहरुमा निजी क्षेत्रको प्रतिनिधित्व गर्ने मदिरा क्षेत्रका सरोकारवाला उत्पादक, वितरक, संगठन लगायत सम्पूर्ण निकायसँग छलफल गरेर मात्र प्रक्रिया अघी बढाउन र निर्धक्क रुपमा व्यापार व्यवसाय संचालन गर्ने वातावरण बनाउन यो संघ नेपाल सरकार, मन्त्री परिषद, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, स्वास्थ्य मन्त्रालय, संबिधान सभा एवं आन्तरिक राजस्व विभागसँग हार्दिक अनुरोध गर्दछ ।
यस जिल्ला संघको अनुरोधलाई बेवास्ता गरि जबर्जस्ति नियम लागु गर्न खोजेमा काठमाडौँ जिल्लाका सम्पूर्ण व्यवसायी कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुनेछन् । यसबाट उत्पन्न हुने असहज परिस्थितिको सम्बन्धित पक्ष स्वयम् जिम्मवार हुनेछ ।
सोनाम शेर्पा अध्यक्ष
तथा मदिरा व्यवसायी संघ (काठमाडौँ जिल्ला परिवार)
उता नेपालका देशभरका मदिरा व्यवसायीहरूकाे साझा संस्था नेपाल मदिरा व्यवसायी महासंघले पनि अाजै अान्दाेलनका विभिन्न कार्यक्रमहरू तय गरेकाे छ । भाेलि विहान महासंघ कार्यालय बसुन्धारामा वैठक बस्ने, दिउँसाे चुराेट तथा पेय पदार्थ उत्पादक संघका अध्यक्ष रमेश श्रेष्ठ सहितकाे समूहलार्इ भेट्ने, बेलुकी पत्रकार सम्मेलन गरी अान्दाेलनका कार्यक्रमहरू सार्वजनिक गर्ने लगायतका याेजनाहरू अघी सारेकाे छ । अान्दाेलनलार्इ ठाेस कार्ययाेजनाकाे निम्ति नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष कृष्ण प्रसाद नेपाल काठमाडाैं अाएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij