२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

संसद बैठक भोलिसम्मका लागि स्थगित

संसद बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । व्यवस्थापिका संसद बैठक बिहिबारसम्मका लागि स्थगित भएको छ । बुधबार दुइ बजेलाई राखिएको बैठक तीन बजेलाई सारिएको थियो । तीन बजेका लागि बोलाइएको बैठक पनि सुचना टाँसेर बिहिबारसम्मका लागि स्थगित गरिएको हो ।

संविवधान संशोधन प्रस्ताव अघि बढाउने विषयमा प्रमुख दलहरुवीच सहमति नभएपछि संसद बैठक प्रभावित भएको हो । यसअघि नौ राजनीतिक दलहरुले संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश भए अवरोध गर्ने निर्णय गरेका थिए । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संशोधन प्रस्ताव पेश भए उभिएर विरोध गर्ने बताए ।

व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन विधेयक अघि बढाउने सरकारको तयारी रहेको थियो । त्यसअघि रणनीति बनाउन प्रमुख विपक्षी दल नेकपा एमालेसहित नौ दलको संयुक्त बैठक बसेको थियो । बैठकले संशोधन विधेयकलाई अघि बढाउन नदिने निर्णय गरेको थियो । यसअघि एमालेसहित ९ दलको विरोधका बीच संविधान संशोधन विधेयक टेबल भएको थियो ।

सरकारले स्थानीय चुनावको मिति घोषणा गरेपछि एमालेसहित विपक्षी दलहरु केही लचिलो देखिए पनि संशोधन विधेयक असफल पार्ने योजनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij