विगत लामाे समय देखि नेपालमा लेज र कुरमुरेकाे अायात गर्दै अाएका अायातकर्ताहरू बदलिएका छन् । पहिले मुख्य वितरक र्यांक ट्रेड प्रालीले लेज र कुरकुरे वितरण गरिरहेको थियो । तर पछिल्लाे समय यी उत्पादनकाे अायातकर्ता तथा मुख्य वितरकको जिम्मेवारी र्यांक ट्रेडको ठाउँमा एडभान्टेज इन्टरनेसनल प्रा.लि.ले लिएको छ । भारतीय जंक फुड लेज र कुरकुरेको मुख्य वितरक र सहायक वितरकबीच भएको विवाद लामाे समय देखि समाधान हुन नसक्अदा केश अदालत नै पुग्ने देखिएको छ ।
नयाँ मुख्य वितरक आएपछि सहायक वितरकहरुबीच नाफा प्रतिशतको विषयमा विवाद उत्पन्न भएपछि यस्तो अवस्था आएको हो । पहिलेको मुख्य वितरकले यस्ता खाद्य पदार्थमा सहायक वितरकहरुका लागि साढे सात प्रतिशत दिने गरेको थियो । किनेको विलबाट थप एक प्रतिशत जोडेर साढे आठ प्रतिशत नाफामा सहायक वितरकहरुले कारोबार गरिरहेका थिए ।
पछिल्लाे समय नेपालका स्थानीय स्तरका तुलनात्मक रूपमा सानाे लगानीका अर्थात सहायक वितरकहरूलार्इ एडभान्टेजले मार्जिन घटाएर मात्रै माल दिन सक्ने शर्त राखेकाे छ । तर सहायक वितरकहरू याे कुरा स्वीकार्न तयार छैनन् ।सहायक वितरकहरूले एडभान्टेजले मार्जिन घटाए कानुनी समाधान खाेज्न बाध्य हुने व्यवसायीहरू बताउँछन् । सहयाक वितरकहरुले आफूहरु माथि अन्याय भएकाे भन्दै न्यायकाे निम्ति पहल गर्नुपर्ने कुरामा जाेड दिएका छन् । वितरकहरूका अनुसार लेजको काम गर्दा पुरानालाई नदिने, दिँदा पनि बाँच्नै नसक्ने गरी मार्जिन काट्ने काम भएकाे भन्दै यस्ताे नियोजित खेलकाे कारण अाफुहरू माथि ठूलाे समस्या पारिएकाे भन्दै वितरकहरु आक्रोशित भएका छन् ।
स्मरण रहाेस्, अहिलेका एड्भान्टेजका प्रबन्ध निर्देशक रोहीत कोहलीले वरुण वेभरेजका पूर्व कार्यकारी अधिकृत हुन् । रोहीतले सञ्चालन गरेको सो कम्पनीमा एरिया म्यानेजरको रुपमा मनोज आचार्य छन् ।
अायातकर्ता ठूलाे वितरकबाट प्रत्यक्ष प्रभावित हुने साना व्यावसायिक फर्महरूमा लोहनी ट्रेडर्स, गन्डकी ग्लोबल ट्रेड लिंक, स्वर्णीम ट्रेडर्स, भिजन इन्टरनेसनल सप्लायर्स, एलएस ्ब्रदर्स, शुभलक्ष्मी ट्रेड कन्सर्न, शुभलक्ष्मी मार्केटिङ, नेस ट्रेडर्स, कल्याणकारी ट्रेडर्स, एसपी ट्रेडर्स लगायत भएकाे बताइएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij