२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सीपमुलक कार्यक्रमको समापनमा कटुवालले भने : सीप सिकाैं पैसा हराउन सक्छ सीप हराउँदैन

सीपमुलक कार्यक्रमको समापनमा कटुवालले भने : सीप सिकाैं पैसा हराउन सक्छ सीप हराउँदैन

नेपाल महिला विश्वासी संघकाे अायाेजनामा १५ दिने डल, जुत्ता, माला लगायतका वस्तुहरू उत्पादन गर्ने तालिम ललितपुरकाे कुसुन्तीमा सम्पन्न भएकाे छ । मकवानपुर, धादिङ, गाेर्खा, सप्तरी, हेटाैंडा लगायतका विभिन्न जिल्लाबाट अाएका १८ देखि ३० बर्षका महिलाहरूलार्इ लक्षित गरेर कार्यक्रम अायाेजना गरिएकाे हाेे । कार्यक्रममा बाेल्दै प्रशिक्षक पवना भट्टले सीप भए अरूकाे भर पर्नु नपर्ने र वेराेजगार पनि हुनु पर्न अवस्था नअाउने बताइन् ।

कार्यक्रम समापनकाे अवसरमा सहभागि सबैलार्इ प्रमाणपत्र वितरण गरिएकाे थियाे । प्रमाणपत्र घरेलु तथा साना उद्याेग महासंघका उपाध्यक्ष माेहन कटुवालले प्रशिक्षार्थीहरूलार्इ प्रदान गर्नुभएकाे हाे । कार्यक्रममा बाेल्दै कटुवालले सीपलार्इ सम्पत्ति ठान्नुपर्ने र सिकेकाे सीपलार्इ थप पुनर्वलकाे अावश्यकता रहेकाे अाैंल्याउनुभयाे ।

उहाँले थप्नुभयाे, पैसा हराउँछ, सीप हराउँदैन, सीप भए गरेर खान पाइन्छ । यसैकारण सीपकाे सम्मान हुने गर्छ ।

सम्भावनाकाे सदुपयाेग गर्न सिकाैं ः

कटुवालले नेपालमा नै प्रयाप्त सम्भावना रहेकाे समेत प्रष्ट्याउनुभयाे । तर ती सम्भावनाहरूकाे सदुपयाेग नै नभएकाे कारण नेपाल परनिर्भर भएकाे उहाँकाे तर्क छ । सीप सिकेका महिलाहरूलार्इ अाफू संलग्न घरेलु तथा साना व्यवसायी महासंघले पनि प्रयाप्त काम गरेकाे र महिला उद्यमी बन्न चाहनेलार्इ सुलभ व्याजमा कर्जा उपलब्ध गराउने पनि उहाँले बताउनुभयाे ।

घरेलु उद्याेग अन्तरगत केराकाे रेशा, अल्लाेकाे रेशा, भाँङ (गाँजा)काे रेशा, दुना टपरी, मस्याैरा, तिताैरा, माैरीपालन, घरायसी अचार, टाेपी बुन्ने लगायतका विभिन्न सीपमूलक कामहरू महिलाले गर्न सक्ने र यसले अघी बढ्न सहयाेग गर्ने भन्दै उपस्थित महिलाहरूलार्इ हाैसला प्रदान गर्नुभयाे । नेपालमा नै यी वस्तुहरू प्रयाप्त मात्रामा उत्पादन गर्न सके विदेशमा मात्र निर्भर हुनुनपर्ने उहाँ बताउनुहुन्छ ।

घरायसी वस्तुकाे प्रवद्दनकाे निम्ति काेशेली घरकाे अवधारणा ः

माेहन कटुवाल

घरायसी स्तरमा उत्पादित सामानहरूकाे प्रवद्धन गर्ने उद्देश्यले काेशेली घरकाे अवधारणा अघी बढाइएकाे समेत उनले बताए । मुलुकलार्इ अार्थिक रूपमा सबल बनाउनकाे निम्ति समेत महिलालार्इ उद्यमी बनाउनुपर्ने र व्यापारमा नभएर उद्याेगमा नै लाग्नकाे निम्ति प्रेरित गर्नुपर्ने पनि उहाँले बताउनुभयाे ।

शुरूमा लघु उद्याेगबाट प्रवेश गर्ने हाे भने सीप भएकाे खण्डमा घरेलु हुँदै साना उद्याेग
हरू समेत सञ्चालन गर्न सकिने कटुवालले विश्वास दिलाउनुभयाे । साथै सामुहिक लगानीमा कुनै काम गर्न चाहेकाे खण्डमा अाफूहरू सहयाेग गर्न तयार रहने भन्दै हाैसला प्रदान गर्नुभएकाे छ ।

महिला कमजाेर छैनन् ः भट्टराइ

इन्द्र राज भट्टराइ

कार्यक्रममा केअाइ नेपालका प्राेग्राम डाइरेक्टर इन्द्रराज भट्टराइले नेपालका महिलाहरू राष्ट्रपति, सभामुख लगायतका उच्च पदमा पुगिसकेकाे बारे चर्चा
गर्दै अघी बढ्नकाे निम्ति
सहभागिहरूलार्इ हाैसला प्रदान गर्नुभयाे । व्यस्तताकाे बाबजुद पनि प्रशिक्षार्थीहरूकाे मनाेबल बढाेस् भन्ने उद्देश्यले नै अाफु सहभागि भएकाे समेत जनाउँदै सीपकाे अभावमा अहिले ठूलाे सङ्ख्यामा महिलाहरू वैदेशिक राेजगारीकाे निम्ति पुगेका र विभिन्न देशमा अलपत्र परेकाे समेत बताउनुभयाे । सीप, क्षमता र अार्थित उपार्जनकाे स्राेत नभएकाे कारण महिलाहरू त्यस बाटाेमा लाग्नुपरेकाे तर्क उहाँकाे छ । समाज र देश परिवर्तनकाे निम्ति तपार्इहरू जस्ता युवाहरू नै जाग्नुपर्छ भन्दै अाफ्नाे क्षेत्रबाट सबै माथि उठ्नुपर्ने कुरामा उहाँले जाेड दिनुभयाे ।

उहाँले थप्नुभयाे, १५ दिनमा सिकेकाे कुरा व्यवहारिक जीवनमा कसरी प्रयाेग गर्ने भन्ने विषय महत्वपूर्ण रहन्छ । अाफ्नाे जीवनलार्इ सार्थक बनाउनकाे निम्ति साेच, मन र हात बीच त्रीपक्षीय सम्बन्ध हुनुपर्ने कुरामा उहाँकाे विशेष जाेड छ ।

द्राैपदी राेकाया

अाफ्नाे संस्थाकाे बारेमा समेत जानकारी दिँदै केअाइ नेपालले मानव तस्करहरूलेे बेचबिखनकाे उद्देश्यले नेपाली महिलाहरूलार्इ  भारतमा लैजाने क्रममा अाफूहरू सीमानामा बसेर ती महिलाहरूलाइ नेपालमा ल्याइ विभिन्न तालिमहरू दिएर स्वाबलम्बन बनाउँदै अाएकाे उहाँले जानकारी गराउँदै कहीँ त्यस्ताे देखिए अाफूहरूलार्इ जानकारी गराएर सहयाेग गर्न अाग्रह पनि गर्नुभयाे ।

वि.सं २०५२ देखि शिक्षा, स्वास्थ्य तथा सीपमूलक तालिमहरू यस संस्थाले अायाेजना गर्दै अाएकाे संघकी महासचिव द्राैपदी राेकायाले बताइन् । उनले २०५२ देखि शुरू भएकाे नेपाल महिला
विश्वासी संघकी महासचिव राेकायाले ७२ महिलाकाे अाफ्नै लगानीबाट
शुरू भएकाे यस संस्थाले अहिले प्रजनन स्वास्थ्य तथा परामर्शकाे क्षेत्रमा काम गर्दै अाएकाे र कम्प्युटर, ब्युटी पार्लर, बेकरी लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्न सफल भएकाेमा संस्था सफल रहेकाे समेत उनले बताइन्  ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij