धुलोले सानो ठुलो भन्दैन, यस्तो पाराले नेता बन्छ देश बन्दैन” भन्ने मूल नारा सहित विवेकशील नेपाली दलले आज मिति २०७३ फागुन ७ गते प्रजातन्त्र दिवस पारेर काठमाण्डौको चावहिल चोक स्थित शान्तिपूर्ण प्रदर्शनी गरेको थियो ।
सरकारको अव्यवस्थित सडक निर्माणको योजना र त्यसले निम्त्याएको तिब्र धुवाँ-धुलोले आमजनताको स्वासप्रस्वास र आवतजावत गर्न समेत अप्ठ्यारो परि ज्यान नै धरापमा पर्ने सम्भावना रहेको साथै विकास निर्माणका कार्यहरु चुस्त र शिघ्र रुपले सम्पन्न गर्न नसकेको भन्दै सडक संदेश कार्यक्रम गरेको थियोl कार्यक्रममा स्थानीयहरु, बटुवा र ब्यापारीहरुले पनि सहभागिता जनाएका थिएl उक्त कार्यक्रम चाबाहिल देखि चुचेपाटीसम्म शान्तिपूर्ण र्याली गरि कोणसभामा परिणत भई समापन भएको थियो l
कार्यक्रममा ‘सरकार मलाई नमार’, ‘ धुलोमाण्डु नगरीमा मलाई नमार’, ‘प्रजातन्त्र कि लुटतन्त्र’ जस्ता नाराहरु पनि बोकिएका थिए साथै व्यंगात्मक र सांकेतिक रुपले मलाई स्वस्छ स्वासप्रस्वास गर्न गार्हो भो भन्ने सन्देश प्रस्तुत गर्नको लागि प्लास्टिक भित्र टाउको राखी प्रदर्शन गरिएको थियोl स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने आधारभूत अधिकारनै हनन गरेको भन्दै दलले यस कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा भिन्न तरिकाले सकारात्मक र सभ्य शन्देश लिखित प्ले कार्ड प्रस्तुति सहित अभियान कर्ताहरुले नौलो भिन्न तरिकाबाट सिधै सरकार र सम्बन्धित निकायको प्रमुख लाइ शन्देश तथा फोन मार्फत झक्झाक्याउनु होस् भन्दै सरोकारवाला मन्त्रीहरुको सम्पर्क ठेगाना सहितको पर्चा समेत वितरण गरिएको थियो ।
तत्पश्चात स्थानीयहरुले तुरुन्तै सरकारलाई फोन र एस. एम. एस. पनि गरेका थिए । कार्यक्रम निरन्तर आगामी हप्ताको शनिबार सम्म संचलान हुने अभियान का संयोजक श्री शशि बिक्रम कार्की ले बताउनु भयो l
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij