२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

साल्ट ट्रेडिङले ५० हजार टन चिनी आयात गरेर नेपालमा अभाव हुन नदिने

साल्ट ट्रेडिङले ५० हजार टन चिनी आयात गरेर नेपालमा अभाव हुन नदिने

चिनी उद्योगीको कार्टेलिङ रोक्न सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनलार्इ चिनी आयात गर्न दिने अन्तिम तयारी गरेको छ।
कर्पोरेशनसँग चिनीको मौंज्दात कम भएको मौका छोप्दै चिनी उत्पादक संघले दुर्इ साताको अवधिमा किलोमै दश रुपैयाँ मूल्य बढाएपछि आयात गर्न दिने अन्तिम तयारी भएको हो। कर्पोरेशनले एक प्रतिशत भन्सार तिरेर भारतबाट चिनी आयात गर्नेछ। नेपाल र भारतमा चिनीको उत्पादन कम भएको निष्कर्ष निकाल्दै मूल्य चिनी मिलले मूल्य बढाएका हुन्।
कर्पोरेसनले तीन हजार टन मात्र चिनी सञ्चिती रहेको भन्दै गत हप्ता नै ५० हजार टन चिनी आयातको लागि आपूर्ति मन्त्रालयलाई पत्र मार्फत आग्रह गरेको थियो। एक प्रतिशत कर निर्धारण गरेर आयातका लागि पठाएको पत्र आपूर्ति मन्त्रालयले अर्थमन्त्रालयमा पठाइसकेको छ। कर्पोरेसनका प्रवक्ता कुमार राज भण्डारीले कृषि मन्त्रालयले चिनी उत्पादनको तथ्यांक दिएपछि अब आउने साता कर छुटको निर्णय हुने जानकारी दिए।
करछुटको निर्णय भए पछि कर्पोरेसनले १५ दिनको ग्लोबल टेण्डर खोलेर फागुन भित्र चिनी आयात गर्ने लक्ष्य राखेको छ । नेपालका व्यवसायीहरुले एक लाख ३० हजार टन सम्म मात्रै चिनी उत्पादन गर्न सक्ने बताएका छन् ।एक लाख टन चिनी सरदर अपूग भए पनि तराईका स्थानीयहरु धेरै जसो भारतबाटै चिनी आयात गर्ने भएकाले ५० हजार टन चिनी आयात गर्दा बजारलाई नियन्त्रण गर्न प्रयाप्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij