२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

कांग्रेसका मधेसी सांसदद्वारा संशोधनको स्वागत

कांग्रेसका मधेसी सांसदद्वारा संशोधनको स्वागत

काठमाडौं । नेपाली कांग्रेसका मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले सरकारले अघि सारेका संविधान संशोधनको प्रस्तावलाई स्वागतयोग्य कदम भएको बताएका छन् ।

कांग्रेसका सांसदहरु फरमुल्लाह मन्सुर, महेन्द्र यादव, रामकृष्ण यादव, प्यारेलाल राना, अमरेशकुमार सिंहलगायत २७ जनाले आज विज्ञप्ति प्रकाशित गरी संशोधन प्रस्ताव मधेसका माग सम्बोधन गरी निर्वाचनमा जानका लागि कोसेढुङ्गासावित हुने उल्लेख गरेका छन् ।

उनीहरुले नेकपा एमाले जस्तो जिम्मेवार पार्टीले संशोधन विधेयक अघि बढाउने प्रक्रिया नै रोक्ने गरी संसद् अवरुद्ध गर्नु र सडक आन्दोलन चर्काउनुले समस्या समाधान गर्ने नभएर चर्काउने दिशामा उद्धत भएको आरोप लगाएका छन् ।

संशोधन विधेयकका पक्षमा दृढताका साथ उभिन र दुईतिहाइ मतबाट अनुमोदन गराउन संसद्मा भएका सबै दल र सांसदहरुलाई अपिलसमेत गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij