पछिल्लाे समय नेपालमा हाेटल तथा रिसाेर्टमा लगानी गर्ने प्रचलन बढेकाे छ । नेपालमा पछिल्लाे समय स्तरीय हाेटल स्थापना हुने सूचीमा थपिएकाे छ सम्पदा गार्डेन रिर्सोट। उच्च स्तरीय सेवा चाहने ग्राहकहरूलार्इ ध्यानमा राखेर याे रिसाेर्ट सञ्चालनमा अाएकाे हाे । याे रिसाेर्ट काठमाडौंको लाजिम्पाटमा सञ्चालनमा छ । ५ करोड रुपैयाँ लगानीमा तयार भएको रिर्सोटमा २० वटा कोठा छन् भने यसले ५ दशमलम ५ रोपनी क्षेत्रफल ओगटेको छ ।
रिर्सोटमा सबै रुमहरु डिलक्स रहेको रिर्सोटका जनरल मेनेजर नरेन्द्र मल्लले बताए । उनले भने, ‘राजधानीमा गार्डेनसहितका होटलहरुको सख्या निकै कम छ, पारिवारिक तथा शान्त वातावरण चाहनेका लागि हाम्रो रिर्सोट उपयुक्त छ’

१२ वर्षका लागि भाडामा लिएर संचालन ल्याएको रिर्सोट एक वर्ष अघि नै संचालनमा ल्याउने तयारी थियो । तर नाकाबन्दीका कारण ढिलाइ भएको मेनेजर मल्लले बताए ।
रिसोर्टमा नेपालीहरुका लागि चार हजार रुपैयाँ र विदेशीका लागी नौ हजार रुपैयाँका प्याकेज छ । उनले भने’ सुरुवातको समयमा रिर्सोटमा आउने पाहुनाहरुलाई २० प्रतिशत छुटको ब्यबस्थापन समेत गरेको बताए । रिर्सोटमा रेष्टुरेण्ट, कफी सपसहित सबै परिकारका खाना पाइने मेनेजर मल्लले बताए । रिर्सोटमा २०० जनाको क्षमता भएको सेमिनार हलसमेत रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij