ललितपुर । फागुन ७ गते । ललितपुरको बागडोलमा शुरु भएको बागडोल खुल्ला ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । बागडोल विकास समाज सेवा र हिमालयन हेल्थ केयरको सामुदायिक प्रयास “टोल टोलमा खेल” भन्ने उद्देश्य राखेर माघ २२ गते प्रतियोगिता शुरु गरिएको थियो।
प्रयागपोखरीका उज्वल दाहाल-डिकधन राई प्रथम, बागडोलका शेखर बस्नेत-विनोद सुवेदी दाश्रो र जावलाखेलका रन्जीत घतानी-सुरेन्द्र सिंह महर्जन तेश्रो स्थान हासिल गरे । २४ टिम प्रतिस्पर्धा
गरेका प्रतियोगीताका विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो स्थान हासिल गर्नेले रु. १० हजार नगद पुरस्कार कार्यक्रमका प्रमुख अतिथि पाकिस्तान इन्टरनेशनल सिरिज ब्याडमिन्टन (मिक्स्ड डबल्स) २०१६ का स्वर्ण पदक विजेता श्री नङ्गशलदेवी तामाङ्गबाट प्राप्त गरे ।
बागडोल बाल क्लबले संचालन गरेको प्रतियोगिताको समापन समारोहमा स्वर्ण पदक विजेता श्री नङ्गशलदेवी तामाङ्गलार्इ टोलवासीले सम्मान गरेका थिए ।प प्रतियोगिताको आय ब्यय विविरण कार्यक्रम स्थलमा नै सार्वजनिक गरिइको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij