काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाएर निर्वाचनमा जानुपर्ने प्रस्ताव अघि सारेका छन् । सचिव भट्टराईले वर्तमान सरकार निर्वाचनदेखि डराएकाले पनि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बेला आएको उल्लेख गरे ।
बुधबार ललितपुरमा आयोजित नेकपा एमाले प्रदेश नम्बर ३ को प्रचार भेलामा उनले निर्वाचन नगराउने हो भने वर्तमान सरकारलाई सत्तामा रहिरहने अधिकार नरहेको जिकीर पनि गरे । सचिव भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचनदेखि डराएको आरोप पनि लगाए ।
उनले कांग्रेस संविधानको मर्म विपरित चलेको भन्दै आक्रोश पनि व्यक्त गरे । सचिव भट्टराईले संविधानले निशेष गरेको बाटोबाट संविधान संशोधन गर्न काँग्रेस अग्रसर देखिएको भन्दै आपत्ति पनि जनाए । उनले जेठ पहिलो साता भित्र स्थानीय निर्वाचन हुनैपर्ने आवश्यक्ता पनि औंल्याए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij