२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

एसियन लाइफले २० प्रतिशत बोनस सेयर दिने

एसियन लाइफले २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीको मंगलबार सम्पन्न १०८ सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाँभश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको प्रस्ताव नियामक विमा समितिबाट स्वीकृत हुन बाँकी छ । यस्तै वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कम्पनीले बोनस सेयर दिने छ ।
यस्तै कम्पनीले चुक्तापूँजी बढाउन २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । जीवन विमा कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij