नयाँ दिल्ली । भारतमा वायु प्रदुषणको मात्रा निकै उच्च भएको एक अध्ययनले देखाएको छ ।यही गतिमा प्रदुषण बढ्दे जाने हो भने चीनको जस्तै अवस्थामा पुग्नसक्ने चेतावनी पनि दिइएको छ ।
अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको नयाँ अध्ययनमा वायु प्रदुषणका कारण भारतको हावा विषाक्त बन्दै गएको जनाइएको छ ।
यही विषालु हावा तथा प्रदुषणका कारण भारतमा हरेक वर्ष १० लाख भन्दा धेरै मानिसको ज्यान जाने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । हावामा रहेका सुक्ष्म कण सबैभन्दा खतरनाक रहेको अनुसन्धानकर्ताले जनाएका छन् । हावामा रहेको सुक्ष्म कणका कारण श्वासप्रश्वास सम्बन्धी रोग तथा फोक्सोको क्यान्सर हुने गरेको छ ।
प्रदुषणका कारण ज्यान गुमाउनेमा धेरैमा श्वासप्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सर देखिएको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निकालेको प्रतिवेदनमा भारतमा प्रदुषण स्वास्थ्यका लागि निकै ठूलो चुनौती बन्दै गएको र धेरैको यही कारण ज्यान गएको उल्लेख थियो । तर अहिले आएको हेल्थ इफेक्ट्सको प्रतिवेदनमा डब्लुएचओले बताएभन्दा धेरैको ज्यान प्रदुषणका कारण गएको उल्लेख छ । यसले समस्या थप जटिल बन्दै गएको देखिने सरोकारवालाले बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij