अाएलअाेकाे सहयाेगमा नेपाल ग्रिल तथा स्टिल व्यवसायी महासंघले ९० दिने Under Job Training सञ्चालन गर्ने भएकाे छ । यस तालिम कार्यक्रम अन्तरगत शिक्षित व्यक्तिहरूलार्इ ग्रिलकाे क्षेत्रमा ल्याउने उद्देश्यकाे साथ याे कार्यक्रम सञ्चालन गर्न लागेकाे नेपाल ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष माेहन कटुवालले सेताेघर डट कमलार्इ बताउनुभएकाे छ ।
यस कार्यक्रम अन्तरगत प्रति प्रशिक्षार्थी कामदारलार्इ मासिक १० हजार रूपियाँ भत्ताकाे रूपमा व्यवस्था गरिनेछ । नेपालमा स्टिल तथा ग्रिलकाे क्षेत्रमा काम गर्ने दक्ष मानिसहरूकाे अावश्यकता पूर्ति गर्नकाे निम्ति याे कार्यक्रम नेपालमा पहिलाे पटक ल्याउन लागिएकाे हाे ।
३ महिना पूरा भएपश्चात् उनीहरूकाे सीप परीक्षणकाे काम सिटिइभिटीबाट हुने पनि कटुवालले बताउनुभयाे । तालिम अवधिमा उनीहरूले कसरी सिकिरहेका छन् भन्ने कुराकाे अनुगमन र निरीक्षण तालिम काेर्डिनेटर र सहायकबाट हुनेछ ।
सीप सिकेका ती दक्ष कामदारलार्इ अाफुले काम सिकेकाे उद्याेगमा नै राेजगारी उपलब्ध गराइनेछ । याे कार्यक्रम वैधानिक ग्रिल उद्याेगमा सञ्चालित हुनेछ भने एउटा उद्याेगमा बढीमा २ जनाले मात्र काम सिक्न सक्नेछन् ।
हाललार्इ याे कार्यक्रम पूर्वाञ्चलकाे पत्तरी र काठमाडाैं उपत्यकामा सञ्चालित हुनेछ । कार्यक्रमकाे अर्काे उद्देश्य नेपालमा तलब कम भएकाे कारण बाध्यताले विदेशिनुपर्ने अवस्थालार्इ विचार गरेर कम्पनीमा काम गर्ने पुरूष कामदारकाे साथ उनकी श्रीमतीलार्इ पनि साेही उद्याेगमा नै हल्ला काममा लगाउने र दुवैकाे कमाइ हुने साथ दुवै जना राेजगार हुने कारण श्रीमान विदेशिने क्रममा कमी अाउने विश्वास गरिएकाे छ ।
यस कार्यक्रममा भूकम्प पीडित तथा अार्थिक हिसाबले पछाडि परेका वर्गहरू अाकर्षित हुने विश्वास गरिएकाे छ ।
अहिले ग्रिल उद्याेगमा काम गर्ने कामदार तथा कर्मचारीले मासिक १० हजार देखि ४५ हजार रूपियाँ सम्म कमाइ गरिरहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij