नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीले शैलुङ क्षेत्रको विकास गर्न एमालेलाई विजयी गराउनुपर्ने बताउनुभएको छ । नेकपा एमालेले आजवाट सुरु गरेको चुनावी अभियानका क्रममा शैलुङ गाउँपालिकाको वडा नं. ३ मा भएको चुनावी सभामा बोल्दै उम्मेदवार शिवाकोटीले नेतृत्व चयन गर्दा विचार पुर्याउन नसके त्यसले लामो समयसम्म असर गर्ने बताउनुभयो ।
शिवाकोटीले स्थानीय तहमा यसअघिको एमाले नेतृत्वले गरेका विकास निर्माणका कामहरुले नै एमाले कस्तो पार्टी हो भनेर जनतालाई जानकारी भएको बताउनुभयो । शैलुङ गाउँपालिकामा विकासका पुुर्वधारहरु प्रशस्त बनिरहेकाको र सोहि विकासका पुर्वधारलाई पुर्ण रुप दिन आगमी नेतृत्वमा एमालेको प्रतिनिधित्व हुन आवश्यक रहेको उहाँको भनाई थियो ।
शैलुङ गाउँपालिका निर्वाचन परिचालन कमिटिले आयोजना गरेको कार्यक्रममा पुर्वमन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेल, पार्वत गुरुङ जिल्ला इञ्चार्ज सरस्वती बस्नेत प्रदेश ख का उम्मेदवार भरत केसी लगायतले मन्तव्य राख्दै एमालेलाई जिताउन सूर्य चिन्हमा मतदान गर्न जनताहरुसँग आग्रह गर्नुभएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij