२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

पिपुल्स् हाइड्रोपावर कम्पनीको आईपीओमा असोज ३० गतेसम्म आवेदन दिन सकिने

पिपुल्स् हाइड्रोपावर कम्पनीको आईपीओमा असोज ३० गतेसम्म आवेदन दिन सकिने

आयोजना प्रभावित स्थानिय बासिन्दालाई पिपुल्स् हाइड्रोपावर कम्पनी लिमिटेडले भाद्र ३१ गतेबाट निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा असोज ३० गतेसम्म आवेदन दिन सकिने भएको छ।

कम्पनीले जारी पूँजीको १०% ले हुने रु १०० अंकित मुल्यको ३२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाको लागि जारी गरेको हो। कुल कित्ता मध्ये दोर्दी गाँउपालिका वडा नं ६ र ७ (तल्कालिन ढोढेनी र फलेनी गा.वि.स.) का स्थानीय बासिन्दाहरुका लागि ३०% अर्थात ९ लाख ६० हजार कित्ता तथा लमजुङ्ग जिल्लाका स्थानीय बासिन्दाका लागि ७०% अर्थात २२ लाख ४० हजार कित्ता निष्काशन गरिएको छ।

कम्पनीको आईपीओमा न्युनतम् १० कित्ता देखी अधिकतम् १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

ईच्छुक स्थानीयबासी लगानीकर्ताले ग्लोबल आइएमई बैंक लगजुङ्गको (दोर्दी शाखा, एक्सटेन्सन काउण्टर हिले, भोर्लेटार शाखा), एनएमबि बैंक लगजुङ्गको भोटेवडार शाखा, सिद्धार्थ बैंक लगजुङ्गको बेसीसहर शाखा, सिभिल बैंक लगजुङ्गको भुलभुले शाखा र पिपुल्स हाइड्रोपावर कम्पनीको आयोजना स्थल किर्तिपुर लमजुङ्गबाट पनि अवेदन दिन सक्नेछन्। त्यस्तै, पिपुल्स् हाइड्रोपावरको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij