२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

ग्यास बिक्रेता महासंघको अध्यक्षमा चन्द्र थापा निर्वाचित

ग्यास बिक्रेता महासंघको अध्यक्षमा चन्द्र थापा निर्वाचित


काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालको अध्यक्षमा चन्द्र थापा निर्वाचित भएका छन् ।
शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनबाट थापा अध्यक्ष बनेका हुन्।
लामो समय देखि ग्यास व्यवसायमा संलग्न थापा सबै व्यवसायीलाई उचित व्यवस्थापन गर्न सक्ने र राज्यका निकायहरूमा व्यवसायीका समस्या समाधानको लागि आवश्यक पहलकदमी लिन सक्ने व्यक्ति हुन्।
महासंघको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद दुलाल निर्वाचित भएका छन्।
यसैगरी उपाध्यक्षहरूमा नारायण प्रसाद पाैडेल, राम प्रसाद ज्ञवाली, विमला श्रेष्ठ, देवीलाल गैरे, गेहेन्द्रप्रसाद रिजाल निर्वाचित भएका छन् ।
महासचिवकाे भूमिकामा लाल बहादुर केसी छन् भने काेषाध्यक्षमा रविन कार्की निर्वाचित भएका छन् ।
यसैगरी सचिवमा राजेश दाहाल र सहसचिवमा राधिका महर्जन निर्वाचित भएका छन्।
सदस्यहरूमा कृष्णराज खतिवडा, रामशरण पुडासैनी, मधुसूदन ढकाल, महेन्द्र सेठिया, दिनबन्धु शाह, गाेविन्दराजशाह, रूपक बास्ताकाेटी, रमेश भट्टराई, रामकुमार खड्का, रामचन्द्र ठकुरी, प्रकाश तिवारी, पवनराज भण्डारी, नारायणदत्त ढकाल, श्रीहरि ढकाल र रामचन्द्र कँडेल आएका छन्।
नवनिर्वाचित अध्यक्ष थापाले आफू सबै व्यवसायी माझ परिचित रहेको, व्यवसायीका समस्यालाई नजिकबाट महसुस गरेको, संस्था सञ्चालनको राम्रो अनुभव रहेकाे र राज्य सँग नीतिगत पहलका लागि समेत सक्षम रहेको हुनाले सबैको सहकार्यमा महासंघलाई नयाँ उचाइमा पुर्‍याउन सफल रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij