२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्तिले घातक रोगको उपचार बापतर्न १० लाख रकम प्राप्त गर्ने

सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्तिले घातक रोगको उपचार बापतर्न १० लाख रकम प्राप्त गर्ने

सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ताले घातक रोग लागेमा कोषबाट १० लाख रुपैयाँसम्म उपचार खर्च पाउने भएका छन् । यसअघि यस्तो व्यवस्था नभएकोमा कोषले आफ्नो कार्यविधिको तेस्रो संशोधनमार्फत नयाँ व्यवस्था थप गरिएको हो ।

कोषका अनुसार योगदान सुरु गरेको २ वर्षपछिदेखि घातक रोगको उपचार खर्च दिन थालिनेछ । र, यस्तो सुविधा जागिर छोडेको २ वर्षपछिसम्म लागू हुनेछ भने कोषको बृद्धा अवस्था सुरक्षा योजना अन्तरगत निवृत्तिभरण प्राप्त गर्ने योगदानकर्ताहरुले निवृतभरण प्रारम्भ भएको ७ वर्षसम्म घातक रोग सम्वन्धी सुविधा उपयोग गर्न सकिनेगरी विषेश व्यवस्था गरिएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।

घातक रोग भन्नाले कोरोनरी आर्टरी वाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्कघात, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र हेमोफेलिया वा थालासेमिया रोगहरु पर्दछन् ।

यस्तै, योगदानकर्ताका सन्ततिहरुलाई चिकित्सा विज्ञान, ईन्जिनियरिङ्ग, नर्सिङ्ग, वन विज्ञान, कृषि विज्ञान र होटल तथा ट्राभल व्यवस्थापन विषयका लागि हरेक वर्ष प्रत्येक प्रदेशबाट १२ जनाका दरले जम्मा ८४ जनालाई छात्रवृत्ति प्रदान हुने व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।

कोषले योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ बनाएर यस्तो व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij