२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

नेपाल टेलिकमका एमडी सुनिल पौडेल विरुद्ध अख्तियारमा उजुरी

नेपाल टेलिकमका एमडी सुनिल पौडेल विरुद्ध अख्तियारमा उजुरी

 

काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

टेलिकमका सम्पूर्ण कर्मचारीहरुको तर्फबाट भन्दै आयोगमा बेनामे उजुरी हालिएको हो ।

टेलिकमका प्रबन्ध निर्देशक पौडेलले आईपीटी र आईपीएलसी ब्याण्डविथ खरिद प्रक्रिया रोकेर पुरानै कम्पनीको म्याद थप गरि अनुचित आर्थिक लाभ लिएको आरोप उजुरीमा लगाईएको छ । टेलिकम सञ्चालक समितिले ब्याण्डविथ खरिदका लागि बोलपत्र आव्हान गर्ने निर्णय गरेको तर पौडेलले सो निर्णय कार्यान्वयन नगरि पुरानै कम्पनीको म्याद थप गरि अनियमितता गरेको आरोप उक्त उजुरीमा लगाईएको छ ।

‘नेपाल टेलिकमले ६ अर्व २२ करोड ५७ लाख ३३ हजार ३ सय ५ रुपया बरावरको ब्याण्डविथ खरिद गर्न भनेर मिति २०७९ जेठ २३ गते टेलिकमको केन्द्रिय कार्यालयमै बैठक बसी कम्पनीको आर्थिक बिनियामावाली विनियम ६४ को ५ बमोजिम स्वीकृत समेत भैसकेको थियो। सोहि बैठकले अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्ने समेत निर्णय गरेर टेण्डर डकुमेण्ट निर्माण भैसकेको अवस्था थियो। तर यम डि सुनिल पौडेलको निहित आर्थिक स्वार्थबस अहिले नया टेण्डरनै आह्वान गरिएको छैन यो सरासर कम्पनीको बैठककै निर्णय बिपरित कार्य हो। यस्तो कार्य तुरुन्त रोकी पाउ।’, उजुरीमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij