काठमाडौं । नेपालमा निकै लामो प्रयास पछि विहीबार देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरिएको छ ।
नेपाल दुरसञ्चार प्राधिकरणले बिहीबार एक कार्यक्रमको आयोजना गरेर एमडीएमएस प्रणाली सुरु गर्न लागिएको हो ।
यो सिस्टम नहुँदा नेपालमा गैरकानुनी रुपमा भित्रिएका मोबालइको बजार बढ्दै गएको भन्दै त्यसलाई रोक्नका लागि यो प्रणाली सुरु भएको हो । नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालमा ती मोवाइल सञ्चालन हुने छैन ।
प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोबाइल स्वतः दर्ता हुनेछन् भने आज (बिहीबार)पछि भित्रिने सबै मोबाइलमा दर्ता गर्नुपर्नेछ । मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भएनभएको एकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij