२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

म्यादी प्रहरीमा १ लाख १५ हजार व्यक्तिलाई जागिरकाे अवसर

म्यादी प्रहरीमा १ लाख १५ हजार व्यक्तिलाई जागिरकाे अवसर

काठमाडाैँ – आगामी प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनका लागि १ लाख १५ हजारको संख्यामा म्यादी प्रहरीमा भर्ना खुलेकाे छ।

यही मंसिर ४ गते एकैचरणमा हुन लागेको चुनावका लागि हाल भएका जनशक्तिबाट मात्रै सुरक्षा व्यवस्थापन पर्याप्त नहुने निष्कर्षसहित सरकारले साे संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेकाे हाे।

भर्नाकाे लागि यहीँ भदौ ३० देखि असोज ६ गतेसम्म आवश्यक याेग्यता पुगेका इच्छुक उम्मेदवारले आवेदन दिन सकिनेछन्।

दरखास्त बुझाउनका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुरसहित सबै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिने नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij