२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

मेगा र इन्भेष्टमेन्ट बैंककाे मर्जर स्वाप रेसियो १००ः९० मा नै हुने

मेगा र इन्भेष्टमेन्ट बैंककाे मर्जर स्वाप रेसियो १००ः९० मा नै हुने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) सकिएको छ । गत जेठ २७ गते एक आपसमा मर्जरमा जान सहमति गरेका यी दुवै बैंकले डीडीए रिर्पोट तयार गरेका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको स्वाप रेसियो १००ः९० हुने सहमति भएको हो । यो भनेको नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पूर्व सहमति अनुसार नै धेरै कार्य अघि बढेको जानकारी दिए । यति बेला डीडीए सकाएर कर्मचारी मिलान, शाखा कार्यालय मिलान लगायतका कार्यका लागि कमिटि गठन गरि कार्य अघि बढेको उनले बताए । उनले भने,–’पूर्व सहमति अनुसार नै कार्य अघि बढेका छन्, अहिले आन्तरिक सबै प्रक्रिया मिलाएर हामी पुस मसान्तसम्म एकीकृत कारोबार गरिसक्छौ ।

यी दुवै बैंकलाई मर्जरमा जानका गत असार २२ गते लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति पनि प्रदान गरेको छ ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ भने बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड ५९ लाख ५६ हजार रुपैयाँ पुग्नेछ । अहिले एनआईबिएलको चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ र मेगा बैंकको चुक्ता पूँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

एनआईबिएल बैंकको जगेडा कोष १४ अर्ब ८२ करोड ३६ लाख २ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको जगेडा कोष ५ अर्ब ९१ करोड ६५ लाख ५८ हजार रुपैयाँ रहेको छ । मर्जरपश्चात् २२ अर्ब ३५ करोड २२ लाख ६ हजार रुपैयाँ पुग्नेछ ।

हाल एनआईबिलको शाखा ८८ वटा र एटिएम १३१ वटा रहेका छन् भने मेगा बैंकको शाखा २२८ वटा र एटिएम ४० वटा रहेका छन् । मर्जरपश्चात बैंकको शाखा संख्या ३१६ वटा र एटिएम २७१ वटा पुग्नेछन् ।

यस्तै, हाल नेपाल इन्भेष्टमेन्ट बैंकका १ हजार ५०६ जना र मेगा बैंकसँग १ हजार ७१२ जना कर्मचारी रहेका छन् । मर्जरपश्चात कर्मचारी संख्या ३ हजार २१८ जना पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij