काठमाडौँ । नाबालिक बलात्कारको आरोप लागेका सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् ।
आज बिहान सामाजिक सञ्जालमार्फत उनले आफू निर्दोष रहेको केही दिनभित्रै देश फर्कने बताएका छन्। उनले क्यारेबियन प्रिमियर लिग छोडेर नेपाल फर्कन लागेको जानकारी दिएका छन् । साथै आफूमाथिको आरोप सामना गर्न तयार रहेको उनले लेखेका छन् ।
१७ बर्षिय एक नाबालिकलाई गएको भाद्र ५ गते भक्तपुर र काठमाडौँ घुमाई सिनामंगलको एउटा होटलमा लगेर बलात्कार गरेको आरोप लगाउदै गौशला प्रहरी वृतमा जाहेरी दिएकी छिन् ।
काठमाडौँ जिल्ला अदालतले उनलाई बिहिबार नै पक्राउ गरी छानविन गर्न पक्राउ पुर्जि जारी गरिसकेको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको टिमबाट निलम्बन गरीसकेको छ ।
अहिले सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेष्टइन्डिजमा रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij