२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

यो वर्षदेखि इन्द्रजात्रालाई विश्वव्यापीकरण गर्ने याेजनामा काठमाडाैं महानगर

यो वर्षदेखि इन्द्रजात्रालाई विश्वव्यापीकरण गर्ने याेजनामा काठमाडाैं महानगर

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यो वर्षदेखि इन्द्र जात्रालाई विश्वव्यापीकरण गर्न लागेको जानकारी दिएका छन् । इन्द्रजात्रा पर्व सञ्चालनका लागि जानकारी दिन बुधबार काठमाडौं महानगरपालिकाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले त्यसका लागि विदेशी पाहुनाहरूलाई बोलाउन लागिएको जानकारी गराए । विदेशी पाहुनाहरूलाई स्थानीय सरकारको साथै संघ सरकारको तर्फबाट पनि बोलाइएको उनले बताए ।

८ दिनसम्म चल्ने इन्द्रजात्रा जात्रा पर्सी शुक्रबारदेखि सुरु हुन लागेको छ । काठमाडौं र यस आसपासका क्षेत्रमा लागि मात्रै नभएर देशैभर यसको महत्व फैलियोस् भन्ने चाहना रहेको उनले बताए । उनले भने– ‘हाम्रो देशको सौन्दर्य भनेकै मूर्त र अमूर्त सम्पदाहरू हुन् । हाम्रो देश पर्यटनको क्षेत्रमा धेरै अघि बढाउन सम्पदा संरक्षण गर्न सक्यौँ भने मात्र पनि हामीले पर्यटनलाई धेरै माथि लान सक्छौँ । हाम्रो राम्रो पक्ष के छ भने हाम्रा जात्रा पर्वहरू आफैँमा एउटा पूजाआजा मात्र नभएर मनोरञ्जनसँग पनि जोडिएको, उत्साह उमंगसँग पनि जोडिएकाले पनि त्यससँग पनि यसलाई जोड्दै जानुपर्छ ।’

उनले काठमाडौं भक्तपुर र ललितपुरमा रहेका जात्राहरूको छुट्टाछुट्टै महत्व रहेको बताउँदै सबैलाई छुट्टाछुट्टै तरिकाले जोगाउँदै जानुपर्ने उल्लेख गरे । यस्तै उपप्रमुख सुनिता डंगोलले ४० वटाभन्दा बढी गुठीहरूसँग सहकार्य गरेर इन्द्रजात्रा मनाउन लागेको जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij