२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

नागरिकता विधेयक प्रमाणीकरणका लागि फेरी राष्ट्रपति समक्ष पठाइयो

नागरिकता विधेयक प्रमाणीकरणका लागि फेरी राष्ट्रपति समक्ष पठाइयो

काठमाडौ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणका लागि शितल निवास पुगेको छ । सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता नागरिकता विधेयक पुन जस्ताको तस्तै राष्ट्रपति समक्ष पठाएका हुन्।

राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैबाट पारित भएपछि सभामुखले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका हुन् ।

यही भदौ २ गते प्रधितिनिधिसभा र १७ गते राष्ट्रियसभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ हुबहु पारित भएको हो ।

यसअघि उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी गत साउन १६ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । राष्ट्रपतिले नेपालको संविधानबमोजिम सङ्घीय संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको उल्लेख गर्दै १५ बुँदासहित गत साउन २९ गते संसद्मा फिर्ता पठाएकी थिइन् ।

संवैधानिक व्यवस्थाअनुसार अब भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुको विकल्प छैन । राष्ट्रपतिले उक्त विधेयक १५ दिनभित्र प्रमाणिकरण गर्नुपर्नैै सवैधानिक ब्यवस्था छ । राष्ट्रपतिबाट प्रमाणिकरण पछि उक्त विधेयक कानुन बनेर आउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij