
गाेरखा । लामाे समय देखि विभिन्न सामाजिक एवं व्यावसायिक गतिविधिमा संलग्न रहँदै आउनुभएका राजेन्द्र पराजुली एक क्रियाशील राजनीतिक व्यक्ति्व समेत हुनुहुन्छ ।
सशक्त युवा नेताकाे रूपमा आफूलाई परिचित गराउन सफल पराजुली गाेरखाली जनताहरूका मनमुटुमा बस्न सफल हुनुहुन्छ ।
मुलुक विकासको पक्षमा आफुसँग विभिन्न महत्त्वपूर्ण याेजना भएका पराजुली सम्पूर्ण गाेरखाकाे दिगो विकासको अवधारणा साकार पार्ने विशेष आकाङ्क्षा सहित निरन्तर अघी बढ्दै आउनुभएको छ।
यसै सन्दर्भमा यसपटकको आगामी मंसिर ४ मा सम्पन्न हुन लागेको निर्वाचनमा गाेरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फबाट नेपाल समाजवादी पार्टीले पराजुलीलाई निर्विकल्प उम्मेदवारको रूपमा सिफारिस गरेको छ।
गोर्खा जिल्ला आरुघाट गाउँपालिकाका स्थानीय बासिन्दा पराजुली सुशासन, न्याय र समृद्धिकाे सपना साकार पार्न आफूले उम्मेदवारी दिएको बताउँदै समृद्ध गाेरखा निर्माणका लागि आफूलाई साथ दिन सम्पूर्ण मतदाताहरूलाइ पराजुलीले आग्रह गर्नुभएको छ।
पराजुली अब हरेक पार्टीले अग्रजहरुलाई उचित सम्मान गर्दै अबकाे नेतृत्वमा क्षमतावान युवाहरूलाई अगाडि बढाउने नीति लिनुपर्ने र यसबाट मात्रै हामीले चाहेको समृद्धि सफल हुने धारणा व्यक्त गर्नुुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij