२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

टानका निवर्तमान अध्यक्ष सुवेदीले प्रदेश सांसदमा उम्मेदवारी दिने

टानका निवर्तमान अध्यक्ष सुवेदीले प्रदेश सांसदमा उम्मेदवारी दिने

 

काठमाडौं । लामो समय पर्यटन क्षेत्रमा क्रियाशिल व्यवसायी खुमबहादुर सुवेदीले आसन्न निर्वाचनमा प्रदेश सांसदको रुपमा उम्मेदवारी दिने भएका छन् ।

ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष सुवेदीले नेपाली काङ्ग्रेसबाट धादिङको क्षेत्र नं २ (क) मा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । प्रदेश संसदमा आफ्नो स्वाभाविक दाबेदारी हो भन्ने सुवेदी कांग्रेसको १४ औं महाधिवेशनका प्रदेश अधिवेशन प्रतिनिधि हुन् ।

सुवेदीले व्यवसायसँगै धादिङको विकास र समृद्धिका लागि योगदान दिन आफू राजनीतिमा सक्रिय हुन लागेको बताए । उनले भने, ‘कांग्रेस र पर्यटनसँगसँगै हुनुपर्यो । यसको अर्थ नेपाली काङ्ग्रेसले पनि पर्यटनको महत्व बुझ्नुपर्यो । पर्यटनको महत्व घोषणापत्रमा राख्नुपर्यो ।’

कांग्रेसले पर्यटनको माध्यमबाट देशको विकास गर्नुपर्यो भन्ने उद्देश्यका साथ आफूले उम्मेदवार दिन लागेको बताएका हुन् ।

पर्यटन व्यवसायीले पर्यटन व्यवसायमै सीमित हुनुपर्छ भन्ने जरुरी नरहेको बताउँदै सुवेदीले पार्टी संयन्त्रदेखि राष्ट्रिय राजनीतिमा पर्यटन क्षेत्रका मानिसहरुको प्रतिनिधित्व र भूमिका जरुरी रहेको बताए ।

अब पर्यटन क्षेत्रलाई बुझेको मान्छे नीतिनिर्माण तहमा आउनुपर्ने आवश्यकता अनुसार आफूले उम्मेदवारी दिएको सुवेदीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij