२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

व्यापक मात्रामा चिया उत्पादन गर्दै नेपाल नेचुरल एण्ड अर्गानिक प्रडक्ट

व्यापक मात्रामा चिया उत्पादन गर्दै नेपाल नेचुरल एण्ड अर्गानिक प्रडक्ट

नेपालमा कृषिको क्षेत्रमा आमूल परिर्वन ल्याउनुपर्छ भन्ने कुरा गरिँदै आइएको भएपनि अहिले सम्म नेपालमा व्यावहारिक रुपमा भने कृषिलाई व्यावसायिक बनाउनको निम्ति ठूलो स्केलमा भने काम हुन सकेको छैन । यसको पछाडि नेपाल सरकारको नीतिगत तहमा नै समस्या देखिएको छ । यद्यपि कतिपय नेपाली जागरुक युवाहरु भने नेपालमा कृषिलाई व्यावसायिकरण गर्नुपर्छ भन्ने मान्यताले काम गरिरहेका छन् । यस मध्ये यस्तै एक जागरुक युवा हुन् गोविन्द बाहुनचुरे ‘ब्रह्माण्ड’ ।
हाल उनले रामेछापको खुलासी गा.वि.स.मा नेपाल नेचुरल एण्ड अर्गानिक प्रडक्ट होमको नाममा ३० हेक्टर क्षेत्रफल अर्थात करिब ६ सय २५ रोपनी क्षेत्रफलमा अर्थोडक्स चिया खेती गरिरहेका छन् । ५ बर्ष पहिले देखि चिया खेती शुरु गरेका उनको चिया बगानबाट अघिल्लो बर्ष उत्पादन बजारमा आएको थियो । यस बर्ष २ हजार किलो चिया बजारमा आउने नेपाल नेचुरल एण्ड अर्गानिक प्रडक्ट होमका अध्यक्ष समेत रहेका गोविन्द वाहुनचुरे बताउँछन् ।
यद्यपि चिया खेतीको क्रममा नेपाल सरकारको तर्फबाट नीतिगत सहयोग पाउने काममा भने सहयोग प्राप्त नभएको उनको गुनासो छ । उनी भन्छन्, हामीलाई चिया उत्पादनको क्षेत्रमा सहयोग गर्नुपर्ने चिया कफी विकास वोर्ड आफैंमा कमजोर रहेछ । नेपाल सरकार अन्तरगतको उक्त बोर्डमा व्यवस्थापन कमजोर छ । पछिल्लो समय यो संस्था सुधारको क्रममा नै छ ।
अघिल्लो बर्ष हातले नै करिब ४ सय किलो चिया उत्पादन गरेका उनी उनी यस बर्ष यस बर्ष मेसिनको माध्यमबाट २ हजार किलो चिया उत्पादन गर्ने सोचमा छन् । ६ जनाको समूहबाट सञ्चालित यस उद्योगले हाल स्थायी रुपमा १३ जना मानिसलाई रोजगारी दिँदै आएको छ । यस कम्पनीबाट उत्पादित चियाको बजार मूल्य प्रति किलो २ हजार रुपियाँ कायम गरिएको छ ।
चिया खेती भइरहेको यस बगानबाट गौरीशंकर र हिमालय पर्वत श्रृङ्खला देख्न सकिन्छ । विहान सूर्य उदाएको र बेलुका सूर्य अस्ताएको देख्न सकिने यो क्षेत्रमा उत्पादन भएको र प्राङ्गारिक हिसाबले खेती गरिएको यस उद्योगबाट उत्पादित चियाको बजार अहिले नेपाल नै भए पनि भावी दिनमा यसलाई विदेश निर्यात गरिने सोचमा छन् कम्पनीका अध्यक्ष ।
‘हामीले शुरुमा १ करोड ५० लाखको अनुमानमा चिया खेतीको प्रक्रिया अघी बढाएका भएपनि अहिले सम्म आइपुग्दा भने हाम्रो लागत बढेर पुष मसान्त सम्ममा २ करोड ५० लाख पुगिसकेको छ ।’ भूकम्प लगायतका प्राकृतिक प्रकोपको कारण लागत बढेको भन्दै कम्पनीका अध्यक्षले बताएको कुरा हो यो ।

चिया उत्पादनको निम्ति उपयुक्त हुने क्षेत्र ः

चिया १५ सय मिटर देखि २७ सय मिटर सम्मको उचाईमा उत्पादन हुन्छ । चिया उत्पादनको निम्ति सकभर सम्म जमीन आवश्यक पर्ने हुन्छ । यसो हुन नसके पानी नजम्ने गरी डिल काटेर चियाको रोपण गर्नुपर्ने हुन्छ । चियाको निम्ति प्रशस्तै मात्रामा मलको प्रयोग गर्नुपर्ने हुन्छ ।

विषादीको बढ्दो प्रयोग ः

झापामा अहिले सम्म पनि चिया उत्पादनको क्रममा निकै नै बढी मात्रामा विषादीको प्रयोग हुँदै आएको छ । नेपालमा चियालाई अर्गानिक बनाउनुपर्छ भन्ने कुरा जति गरिए पनि यसमा केही कमजोरी छन् । नेपालमा राज्यले अर्गानिक बनाउने कुरा व्यावहारिक रुपमा लागु गर्ने क्रममा करिब ४ बर्ष माटोलाई अर्गानिक बनाउनको निम्ति नै समय खर्चनुपर्ने हुन्छ । त्यस समयमा किसानले उत्पादन गर्ने चियाको मात्रामा निकै नै कमी आउँछ । त्यस समयको उत्पादनमा आउने कमीले किसानलाई पर्न जाने मर्का नेपाल सरकारले बुझ्नु जरुरी छ । किसानहरुलाई सही किसिमले अर्गानिक अभियानमा नै लगाउने हो भने किसानलाई विषादी नहाली उत्पादन गर्ने चियामा राज्यले अनुदान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij