काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग चुनाव लड्ने घोषणा गरेका सागर ढकालले काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)को प्रशंसा गरेका छन् ।
चुनावी प्रचारको लागि डडेल्धुरा पुगेका ढकालले मेयर शाहले काठमाडौँ महानगर क्षेत्रमा कानुनविपरित बनाइएका संरचना भत्काउने कामको प्रशंसा गर्दै संघीय चुनावमा १६५ क्षेत्रबाटै बालेनहरु आउनुपर्नै बताएका छन् ।
ढकालले सामजिक सञ्जाल मार्फत सबै क्षेत्रबाट बालेनहरु निर्वाचित भए भ्रष्ट्राचारी र देश बिर्सेर पार्टीबाद भन्नेहरुको हालत के होला भन्दै प्रश्न गरेका छन् ।
‘एउटा बालेन आउँदा यस्तो छ , १६५ क्षेत्रमै बालेनहरु आए भने भ्रष्ट्राचारी र देश बिर्सेर पार्टीबाद भन्नेहरुको हालत अब ४-५ महिनामै के होला ??, ‘ ढकालले भनेका छन् ।’
उनले अब सक्षम पढेलेखेका अनुभवी जोस होस र देश विकास गर्ने हुटहुटि भएका २ करोड युवा बालेनहरुको पालो आएको बताएका छन् ।
ढकालले देशभरि रहेका बालेनहरुलाई संघिय चुनावमा १६५ क्षेत्रमै खोजी खोजी भोट हाल्न पनि अपिल गरेका छन् ।
‘देशको माया लाग्छ भने देशभरि बालेनहरुलाई आउने चुनावमा १६५ क्षेत्रमै खोजि खोजि सकेको मेहनत गरेर संघीय चुनाव जिताउनुहोला,‘ उनले भनेका छन् ।
ढकालले अबको प्रधानमन्त्री पनि बालेन जस्तै युवाहरु प्रधानमन्त्री बन्नुपर्नै बताएका छन् ।
केही बर्ष अघि बिबिसीको साझा सवाल कार्यक्रममा विश्वले जस्तै नेपालले पनि अक्सफोर्ड पढेका प्रधानमन्त्री कहिले पाउने भन्दै प्रश्न गर्दा प्रधानमन्त्री देउवाको गाली खाएका ढकालले यसपालिको संघीय निर्वाचनमा प्रधानमन्त्री देउवासँग चुनाव लड्ने घोषणा गरेका छन् ।
उनी अब ४० बर्ष भन्दा कम उमेरका व्यक्ति नै प्रधानमन्त्री बन्नुपर्नै बताउँदै अबको चुनवामा आफु निर्वाचित हुने र आफू नै प्रधानमन्त्री बन्ने दाबी समेत गर्दै आइरहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij