काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री रामकुमारी झाँक्रीले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को अभियानलाई समर्थन गर्नुभएको छ ।
नेत्री झाँक्रीले सामाजिक सञ्जाल मार्फत इमानदर प्रयासहरू सफल हुने भन्दै आफ्नो समर्थन मेयर साहलाई रहेको बताउनु भएको छ । उहाँले आफू सहरी विकास मन्त्री हुँदा दलीय दबाब परेको भए पनि मेयर साहलाई भने त्यस्तो नहुने पनि बताउनुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘मैले बाग्मती कोरिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ । चुनाव आएको छ, नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न पर्यो।’
नेत्री झाँक्रीले आफू र मेयर साहले केही योजना बनाएको भए पनि आफ्नो कार्यकाल लामो नरहेको बताउनुभयो । झाक्रीले सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको बताउनु भएको छ ।
https://www.facebook.com/jhakri.rk/posts/602476171444931
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij