
मिति २०७९।०५।०८ गते साँझ ७ः३० बजेको समयमा का.जि.का.म.न.पा.वडा नं.१२ टेकु स्थितमा कनक पेट्रोल पम्प नजिकै सडक खण्डमा केहि ब्यक्तिहरु नियन्त्रित लागु औषध बिक्री बितरण, ओसार पसार तथा सेवन लगायतका कार्यमा संलग्न रहेका भन्ने सूचना प्राप्त भएको आधारमा पक्राउ गरिएकाे छ।
सूचना प्राप्त भएपश्चात् तत्काल प्रहरी बृत्त कालिमाटीबाट प्रहरी अधिकृतसहितको टोली खटी उक्त स्थानमा शंकास्पद गतिबिधि गरिरहेको अवस्थामा ललितपुर महालक्ष्मी न.पा.वडा नं.०२ बस्ने बर्ष ५५ को गौतम थापालाइ पक्राउ गरिएकाे छ ।
पक्राउ गरिएका व्यक्तिबाट डाइजेपाम-१४८ एम्पुल, नुर्फिन १४८-एम्पुल, फेनारगन-१६० एम्पुल, नाइट्राजेपाम-२० ट्याब्लेट, बा ९२ प ६५७७ नम्बरको यामाहा कम्पनीको स्कुटर, मोबाइल सेट २ थान र नगद रु.२२,०००।-(बाइस हजार) वरामद गरिएकाे छ ।
उक्त घटनाको सम्बन्धमा पक्राउमा परेका ब्यक्ति गौतम थापा उपर लागु औषध नियन्त्रण ऐन,२०३३ को कसूरमा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई प्रहरी बृत्त कालिमाटीबाट थप अनुसन्धान भई रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij